

काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धुलिखेल नगरपालिका–५ स्थित श्रीखण्डपुर चोकमा बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा करिब १९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् भने ६२ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा सुगर, रक्तचापलगायतका आधारभूत स्वास्थ्य परीक्षणका साथै निःशुल्क स्किन टेस्ट र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सहभागीलाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्शसमेत दिइएको थियो। रक्तदान गर्ने रक्तदाताहरूलाई जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको तर्फबाट [...]






