काभ्रेपलाञ्चोक। जिल्लाको धुलिखेल २८ किलो वडा न ४ मा रहेको काठमाडौं विस्व विधालयमा कम्प्युटर क्लबले आयोजना गरेको ‘आईटी मिट २०२४’ लाई सम्बोधन गर्दै सुचना तथा सन्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले टिकटक सँग पर्यटन र शिक्षा क्षेत्रका लागी सहयोगको प्रस्ताव गरेको बताउनु भएको छ ।पर्यटन र शिक्षा क्षेत्रमा करिब ३ सय युवालाई रोजगारीको लागी प्रस्ताब गरेको बताउदै ।
सरकारले ई-गभर्नेन्सलाई लागू गर्न सकेमा भ्रष्टाचार नियन्त्रणमा आउने समेत विस्वास ब्यक्त गर्नु भयो । सरकारले अघि सारेको कार्यक्रम डिजिटल नेपाल फ्रेमवर्कमार्फत ई–गभर्नेन्सलाई लागू गर्न सकेमा नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताउनु भयो ।
गुरुङले सम्बोधनकै क्रममा ‘डिजिटल नेपाल फ्रेमवर्कलाई गभर्नेन्स लेबलबाटै सुरु गर्ने सोच बनाइएको छ । देशका ७ प्रदेश, ७५३ वटै पालिका, नेपाल सरकारका ४२ वटा मन्त्रालय, ७६१ वटा सरकार, लगायतका देशभरका सरकारी कार्यालयहरूमा ई-गभर्नेन्सको कार्यक्रम लागू गर्न सकियो भने भ्रष्टाचार नियन्त्रण गर्न सकिने विस्वास ब्यक्त गर्नु भयो।
नेपाल सरकारले डिजिटल नेपाल फ्रेमर्वक कार्यान्वयन गर्ने भनेको छ । त्यसको लागि पनि नीति बनेको छैन । ‘नीति र रणनीतिको आधारमा कानुन बनाउन जरुरी छ । ‘त्यसपछि मात्रै बल्ल डिजिटल नेपाल फ्रेम वर्क कसरी कार्यान्वयन गर्ने कुरा अघि बढ्छ, त्यसले आठौँ सेक्टरमा काम गर भनेको छ, त्यसमा विभिन्न विधाहरू तोकिएको हुन्छ, जसमध्येको एउटा सेक्टर सरकार रहेको हुने कुरा उल्लेख छ ।’
सरकारले हालसम्म आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) को लागि नीति नै बनाउन नसकेको समेत बताउनु भयो । सरकारले एक महिनाभित्रमा एआईको नीति ल्याउने बताउँदै उनले भने, ‘नीति बनेपछि त्यहीँ एआईसम्बन्धी कार्यक्रमहरू अघि ल्याइनेछ ।’ नेपाल आईटीको दशकमा प्रवेश गरे पनि उपलब्धिमूलक कामहरू खासै नभएको उहाको तर्क थियो ।
गुरुङका अनुसार त्यहीँअनुसारको योजना, कार्यक्रम, बजेट व्यवस्थापन सबै हुनुपर्ने हो, यसको लागि नीतिहरू बन्नुपर्ने हो, यो क्षेत्रमा गर्नुपर्ने धेरै देखिन्छ तर केही पनि गर्न सकिएको छैन ।
सरकारले प्रविधिको क्षेत्रलाई महत्त्व दिन नसकेको बताउँदै उनले भने, ‘सरकारले नीति नै परिवर्तन गर्नुपर्ने प्रमुख विषय भएको छ । सूचना र प्रविधिको क्षेत्रलाई कसरी विकास गर्ने, यसलाई औद्योगिक क्षेत्रसँग जोड्नुपर्ने, नेपाललाई आईटीको हब बनाउने विषयमा धेरै कुराहरू भए पनि यसको लागि नीति भने अहिलेसम्म बनाउन नसकेको स्विकार समेत गर्नु भयो।
आईटी मिट २०२४ ले सूचना प्रविधिका पछिल्ला विकासहरू, देशभरिका प्रविधि उत्साहीहरूलाई एकत्रित गर्दै नयाँ अवसर र प्रेरणा प्रदान गर्नको लागि आयोजना गरिएको काठमाडौं विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका डिन मनिष पोख्रेलले बताउनु भयो । उनका अनुसार यो कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा नवीनता र सिर्जनशीलतालाई प्रवर्द्धन गर्नेमा विस्व बिधालय विस्वस्थ रहेको बताउनु भयो ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूको समूहले ६ र ७ डिसेम्बरमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम गरेको हो । आईटी मिट २०२४ नाम दिएर साइबर सुरक्षा सम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी विभिन्न विषयमा जानकारबाट छलफल चलाइनुका साथै विभिन्न प्रतियोगिता गराइने जनाईएको छ ।