सबैको समाचार
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • किष्ट बैंकका आर्थिक अपराधी प्रहरीको फन्दामा पर्दै

किष्ट बैंकका आर्थिक अपराधी प्रहरीको फन्दामा पर्दै

11435
Shares
किष्ट बैंकका आर्थिक अपराधी प्रहरीको फन्दामा पर्दै

तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवलीकी धर्मपत्नी गौरी खनाल ज्ञवालीलाई नेपाल राष्ट्रबैंकले अनुसन्धानको क्रममा सिद्धार्थ विकास बैंकबाट अनुचित तबरले १३ करोड ऋण लिई बैंकलाई नोक्सान पुर्याएको ठहरी गरेको थियो ।
पूर्व सिइओ सिद्धार्थ बैंक्का शेयर होल्डर पनि भएका कारण आफ्ना नामबाट ऋण झिक्दा समस्यामा पर्ने देखिए पछि उनले कमसल जमिन धितो राखि आफ्नो पत्नीद्वारा ऋण निकालेका थिए । कमसल जमिनको बढी मुल्याकन राखी ठूलो रकम निकासा गरेका थिए ।
सो अभियोगमा कमलप्रसाद ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजायँका साथै १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको थियो । जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले मंगलबार ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गरेको थियो ।
kamal-and-gauriन्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाख / ६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।
त्यसैगरी अदालतले सोही कर्जा प्रकरणमा संलग्न सिद्धार्थ डेभलपमेन्ट बैंकका कोमानन्द अधिकारीलाई ४ वर्ष जेल र ५ करोड ७४ लाख रुपैयाँ बिगो र धितो मुल्यांकनकर्ता किशोर ढकाललाई ४ वर्ष जेल र ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएका आर्थिक माफियाहरुको अत्तोपत्तो केही छैन ।
६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रिय अनुसन्धान व्यूरोले अढाई वर्षअघि मुद्दा दायर गरेका आर्थिक माफियाहरुले किष्ट बैंकलाई तहस नहन पारि ज्ञवाली दम्पती फरार भए । उनीहरुको खोजी भइरहेको छ ।
यति मात्र नभई तत्काली सञ्चालक तथा प्रबन्धक ज्ञावालीले तत्कालिन समयमा आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमति संलग्न रहेको जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए । सो मुद्दामा भने अदालतबाट फैसला हुन बाँकी नै छ । यसरी बैंकलाई चुस्ने परजीवी आर्थिक् माफियाहरुलाई कडा कारवाही गर्नु नसक्नु ठुलो विडम्बनाको विषय हो ।
नेपालको गुल्मी जिल्लामा मध्यम वर्गिय परिवारमा जन्मेका ज्ञवालीले जन्म लिए पनि काठमाडौं आएर छोटो समयमै बैंकिङ्ग क्षेत्रमा चर्चा कमाएका थिए । किष्ट मर्चेण्ट बैंक खोलेर केही वाणिज्य बैंकमा स्तरोन्नति गरेका ज्ञवाली सञ्चालक र सीइओ दुबैको भूमिकामा रहेका उनले आफ्नी श्रीमति संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैंले घरजग्गा लगायतमा लगानी गरी दुरुपयोग गर्दै आएको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
गत विहिबार मात्रै महानगरय प्रहरी अपराध महाशाखाले नबिल बैक र तत्कालिन किष्ट बैक ठगी प्रकरणका फरार अभियुुक्त आर्थिक माफिया ईश्वरी प्रशाद पोखेरल पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा टेकुुले ठगी कार्यमा संलग्न प्युुठान घर भई नवलरासीमा अस्थायीरुपमा बसोवास गर्दे आएका ३८ बर्षिय पोखरेललाई गत बिहिबार काठमाडौको कमलोपखरी क्षेत्रबाट पक्राउ हो ।
kamal-pokharelआर्थिक माफिया पोखरेलल बि.सं २०६७ सालमा नविल बैक र तत्कालीन किष्ट बैकलाई ठगी गरेको मुद्धामा दुुई बर्ष जेल र दुुई लाख २९ हजार रुपैयाँ जरिवाना समेतको फैसला भएको थियो । यसैगरी २०७२ सालमा बाँके जिल्ला अदालतबाट ठगी मुद्दा दर्ता भई पुर्पक्ष भईरहेको, भारतको लखनउ र गोरखपुरमा बसी ईण्डुुसाईन्ड बैकमा खाता खोली गोरखपुर कै ठेगाना देखाई सवारी चालक अनुमती पत्र लिएको, लक्ष्मण रिजालको हिमालयन बैकको एटिएम कार्ड समेत प्रयोग गरेको, बैंकिङ प्रयोजनको लागि ग्रीन सिटी, कृषी फर्म तथा बाख्रा प्रशोधन केन्द्र नवलपरासीमा दर्ता गरी विभिन्न बैंक, वित्तीय संस्था एवं व्यक्तिहरुलाई ठगी गर्ने गरेको देखिएको छ ।
आर्थिक माफिया पोखरेलको पक्राउसँगै तत्कालीन किष्ट बैंकमा दोषी रहेका आर्थिक माफियाहरुको खुलासा हुने प्रबल सम्भावना बढ्दै गएको छ । यसले तत्कालीन किष्ट बैंकका ज्ञवाली दम्पती लगायत अन्य आर्थिक माफियाहरु कारबाहीको दायरामा आउने देखिन्छ ।
सञ्चालक र सीइओ रहेका आर्थिक माफिया ज्ञवालीले जथाभावी ऋण प्रवाह गरेकै कारण तत्कालीन किष्ट बैंक डुब्ने स्थितिमा पुगेको थियो । तर, प्रभु समूहले सो बैंक खरिद गरी खराव कर्जा असुली र ०७१ माघ १३ गते कमल ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावा–व्याजसहित २३ करोड रुपैयाँ असूल गरी तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार सुरु गरे पछि भने किष्ट बैंकले नयाँ नामसँगै नयाँ स्थान हासिल गरेको छ ।

11435
Shares

ट्रेन्डिङ