सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • मोतियाबिन्दु उपचार गराउदै वडा सरकार

मोतियाबिन्दु उपचार गराउदै वडा सरकार

1090
Shares
मोतियाबिन्दु उपचार गराउदै वडा सरकार

काभ्रे । धुलिखेल नगरपालिका वडा नं. ८ ले स्वास्थ्य क्षेत्रमा चालिएको एक सकारात्मक कदमस्वरूप वडाभित्रका १५ जना मोतियाबिन्दु पीडितलाई रेयुकाई आँखा अस्पताल, बनेपा बुडोलमा निःशुल्क उपचारका लागि पठाएको छ।

वडा अध्यक्ष विनोद गौतमका अनुसार, हिजो सम्पन्न निशुल्क आँखा शिविरमा पहिचान गरिएका मोतियाबिन्दु पीडितमध्ये १५ जनालाई आज बिहानै अस्पताल पठाइएको हो। “तीन आर्थिक वर्षदेखि रेयुकाई आँखा अस्पतालसँगको साझेदारीमा वडाले यस्तो सेवा दिँदै आएको छ ।

वडा कार्यलय पुगेका नागरिकलाई सिफारीसका आधार उपचारमा निशुल्क सेवा दिदै आएकोमा हिजोको शिविरबाट धेरै मानिस फेला परेपची तत्काल उपचारका लागि पठाईएको र आज नै बडाल गाउँ बाल विनायक विधालयमा समेत शिबिर बोलाईएको वडा अध्यक्ष गौतमले बताउनु भयो ।

यस वर्ष उपचारका लागि पठाइएका बिरामीहरूमा १०१ वर्षीय बली बहादुर लामा, 82 वर्षीया ठूली तामाङ, 86 वर्षीया मेलि तामाङ, 84 वर्षीया ठूली तिङ्गी, 73 वर्षीय सानु सेते तामाङ, 55 वर्षीय मन बहादुर तामाङ, 66 वर्षीया ठूली कान्छी तामाङ लगायत अन्य वृद्धवृद्धाहरू छन्। अधिकांश बिरामी वृद्ध अवस्थामा पुगेका तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका छन्।

यस पहलअनुसार वडाले बिरामीको सिफारिस, एम्बुलेन्स व्यवस्था तथा अस्पताल समन्वय कार्य निःशुल्क रुपमा गर्दै आएको छ। धेरैजसो बिरामीको उपचार बीमाअन्तर्गत हुने व्यवस्था मिलाइएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

वडाले “मोतियाबिन्दु मुक्त वडा” बनाउने अभियानअन्तर्गत यस्तो सेवा नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ। जनस्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै आएको वडा सरकारको यस कदमप्रति स्थानीयवासीले प्रशंसा गरेका छन्।

1090
Shares

ट्रेन्डिङ