२९ नोभेम्बर १८९९ का दिन इटालीमा जन्मिएकी एम्मा आफ्ना मातापिताकी ८ मध्ये प्रथम सन्तान हुन्। उनका सबै भाइबहिनी बितिसकेका छन्। उनी जीवनभर प्रायः एक्लै बाँचिन्। सन् १९३८ मा उनले जन्माएको शिशुको मृत्यु भएपछि पतिसँग उनको सम्बन्धविच्छेद भयो।
यद्यपि इटालीमा सम्बन्धविच्छेदलाई सन् १९७० मा मात्र वैधता दिइएको थियो। सम्बन्धविच्छेदपछि उनी जुटको बोरा उत्पादन गर्ने कारखानामा काम गर्न थालिन्। गत वर्ष आफ्नो उमेर १ सय १६ वर्ष पुगिसकेपछि मात्रै पूर्ण रुपमा उनको रेखदेख गर्न थालिएको छ।
‘दैनिक तीन ओटा काँचो अण्डा र एकल जीवन मेरो दीर्घजीवनको रहस्य हो’
१ सय १६ वर्षको उमेरमा न्युयोर्ककी सुसाना मुसाट जोन्सको मृत्यु भएपछि गत मे महिनाबाट एम्मा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी हुन्।
एम्मा आफ्नो दीर्घजीवनको रहस्य दैनिक ३ ओटा काँचो अण्डा खानु र एकल जीवन बिताउनु रहेको बताउँछिन्। किशोरावस्थामा एक जना डाक्टरले अण्डा नियमित अण्डा खाँदा रक्तअल्पता हुँदैन भनेपछि उनले अण्डा खान थालेकी हुन्।