सबैको समाचार
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • हराभरा बागमति हाम्रो बागमती

हराभरा बागमति हाम्रो बागमती

11445
Shares
हराभरा बागमति हाम्रो बागमती

गोकर्णदेखि सिनामाङ्गलसम्म ७ दशमलव २ किमीमा नदी र सडकको बीचमा बगैँचा र रेलिङ निर्माण गरिनेछ । उपत्यकाको सभ्यताका स्रोत वाग्मती नदीको गोकर्णदेखि सिनामङ्गलसम्म दायाँ बायाँ किनारमा सौन्दर्यकरण सुरु गरेको छ ।
कार्यक्रम बगैँचा, रेलिङ र साइकल लेनको निर्माण गरी वाग्मतीको सौन्दर्य प्रवद्र्धनमा सहयोग पुर्याउन लागिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले बताएको छ ।
कार्यक्रममा एसियाली विकास बैंकको एक अर्ब ६० करोड रुपैयाको सहयोगमा सो कार्यक्रम सुरु भएको समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारले बताए । आयोजनाको कार्यक्रमको निर्माणका लागि कालिका/र्यान्केन/लामा जेभीलाई ठेक्का दिएको र यही मङ्सिर पहिलो साताबाट सुरु भएको र २७ महिनामा कार्यक्रमले पूर्णा पाउने जानकारी दिए ।

11445
Shares

ट्रेन्डिङ