एक सांसद, एक वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं :- संघीय संसद सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद भवन परिसरमा “एक सांसद, एक वृक्षारोपण” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ प्रतिनिधि सभाका सम्माननीय सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष माननीय लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सदस्यहरूको सहभागिता रहेको थियो। […]