सबैको समाचार
बुधबार, मंसिर १०, २०८३
  • होमपेज
  • बनेपाको फिल्म सिटी निर्माणस्थलमा सञ्चारमन्त्री

बनेपाको फिल्म सिटी निर्माणस्थलमा सञ्चारमन्त्री

5
Shares
बनेपाको फिल्म सिटी निर्माणस्थलमा सञ्चारमन्त्री

काभ्रे ;सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बुधबार बनेपा नगरपालिका–१० स्थित राहुलडाँडामा प्रस्तावित फिल्म सिटी निर्माणस्थलको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा उहाँले वातावरणीय पक्षलाई ध्यान दिँदै स्थानीयवासीसँग समन्वय गरेर आयोजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई चलचित्र छायाङ्कनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो।

फिल्म सिटी निर्माणले स्थानीयस्तरमा रोजगारी सिर्जना, जीविकोपार्जनमा सुधार र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्दै उहाँले निर्माण प्रक्रिया छिट्टै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्काले केही व्यक्तिको अवरोधका कारण विकास निर्माणका काम रोकिन नहुने बताउनुभयो। फिल्म सिटीले जिल्लाको विकास र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

5
Shares

ट्रेन्डिङ