सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • संगीत विद्यालयका लागि देउसी भैलोबाट रकम संकलन

संगीत विद्यालयका लागि देउसी भैलोबाट रकम संकलन

2970
Shares
संगीत विद्यालयका लागि देउसी भैलोबाट रकम संकलन

खोटाङ, ७ कात्तिक,जिल्लामा संगीत विद्यालय स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट रु एक लाख २३ हजार रकम संकलन गरिएको छ ।

तिहारको अवसर पारेर जनसांस्कृतिक महासंघ खोटाङले दिक्तेलमा आयोजना गरेको कार्यक्रमबाट उक्त रकम संकलन गरिएको हो ।

संगीत क्षेत्रमा लाग्न चाहने युवा–युवतीलाई जिल्लामै अध्ययन गर्न पाउने अवसर दिलाउन संगीत विद्यालय स्थापनाको अभियान थालिएको महासंघका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । “अहिले गीत–संगीत सिक्न चाहने नयाँ प्रतिभालाई राजधानी नै जानुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “आगामी दिनमा उनीहरूलाई जिल्लामै सहजरूपमा अध्ययन गर्ने अवसर दिलाउन थालेका हौँ ।”

संगीत विद्यालय स्थापनका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले विभिन्न क्षेत्रसँग समन्वय गरिरहेको महासंघले जनाएको छ । गीत–संगीतको क्षेत्रमा खोटाङ अन्य जिल्लाभन्दा अगाडि भए पनि संगीत विद्यालय नभएकाले स्थापनाको पहल थालिएको हो । (रासस)

2970
Shares

ट्रेन्डिङ