सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

कसरी होला संविधान संसोधन ?

9465
Shares
कसरी होला संविधान संसोधन ?

सरकाले संविधान संशोधनको प्रस्ताव लगतै नेकपा एमाले यसको विरोधमा उत्रिए छ । विरोधको पहिलो दिन एमाले कार्यकताले टायर बाल्नुका साथै चक्का जाम गरेका थिए । दोस्रो दिन एमालेका कार्यकर्ताले प्रधानामन्त्रीको पुत्ला जनाएका छन् ।prachanda-putla-dohan-6-768x519
नेकपा एमालेको युवा र विद्यार्थी संगठनहरुको पुतलीसडकमा संयुक्त विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पुत्ला जलाएका हुन् । संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै एमालेका युवा र विद्यार्थी संगठनले सडक आन्दोलन थालेका हो ।
नेकपा एमालेले सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक विरुद्ध सडक देखि संसदसम्म आन्दोलन सुरु गरि सकेको छ । संसदमा बसेको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे । सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएको गौतमको जिकिर छ ।
prachanda-putla-dohan-2-768x504
५ नम्बर प्रदेशका पहाडी क्षेत्रलाई हटाएर तराईको मात्र प्रदेश निर्माण गर्ने प्रस्ताव आएकोे, यसले पहाड, तराईलाई मिलाउन पाइन्न भन्ने आवाज बुलन्द भएको, साथै देशलाई बर्बाद बनाउने र तराईलाई अलग राष्ट्र बनाउन मद्दत गर्ने यसको विरोध गर्ने गौतमले बताए । संसद १७ गतेसम्मको लागि स्थगित गरिएको छ ।
सङ्घीय गठबन्धनले पनि सरकारद्वारा व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयकलाई अस्वीकार गरेको छ । uml-in-parliament
गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बसेको बैठकले संविधान संशोधनले गठबन्धनका कुनै माग सम्बोधन नगरेकाले अस्वीकार गर्ने निर्णय गरेको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए ।
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले अहिले प्रस्ताव गरिएको विधेयकलाई परिमार्जन गरी पुनःदर्ता गर्नुपर्ने माग गरी संविधान संशोधनको विरोध गरेका छन् ।
sanghiya-ghathbandhan
सङ्घीय गठबन्धनमा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष
राजकिशोर यादव लगायत गठबन्धनका २९ दलको सहभागिता रहेको छ ।

9465
Shares

ट्रेन्डिङ