सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काठमाण्डौ विश्व विद्यालयमा कर्मचारी र प्राध्यापक संघले गरे केन्द्रिय हातामै ताला बन्दि

काठमाण्डौ विश्व विद्यालयमा कर्मचारी र प्राध्यापक संघले गरे केन्द्रिय हातामै ताला बन्दि

4565
Shares
काठमाण्डौ विश्व विद्यालयमा कर्मचारी र प्राध्यापक संघले गरे केन्द्रिय हातामै ताला बन्दि

पुजन धिताल ,
काभ्रे , पुष , १५ ,   लामो समय देखी काठमाण्डौ विश्व विद्यालय र कर्मचारी र प्राध्यापक संघ बिच खट्पट जारी छ । विश्व विद्यालयले आफुहरु सित गरेको सम्झैता कार्यनयन नगरेको भन्दै कर्मचारी संघ र प्राध्यमपक संघको अन्दोलन अझ झन लम्बिने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै काठमाण्डौ विश्व विद्यालयका केन्द्रिय कार्यलयहरु सम्पूर्णमा ताला बन्दि गर्ने जानकारी दिएको हो । विश्व विद्यालयले २०७६ भाद्र ३० गते कर्मचारी संघ र प्राध्यमपक संघ संग गरेको सम्झैता विश्व विद्यालयले पूर्ण रुपमा कार्यनयन नगरे सम्म विश्व विद्यालयका केन्द्रिय हाताका उपकुल पति, रजिस्टार र डिनको कार्यलयहरु आज बाट कर्मचारी संघ र प्राध्यमपक संघले ताला बन्दि गरेको छ ।

आजैको मिति देखी विश्व विद्यालयको हाता भित्र भएका डिन कार्यलय, परिक्षा नियन्त्रणको कार्यलय र प्रशासकिय भवनमा ताला बन्दि गरेका छन । भोली बाट सुरु हुने सुरु हुने परिक्षा समेत हुन नदिने दाबी कर्मचारी संघ र प्राध्यमपक संघले गरी आजै परिक्षा नियन्त्रणको कार्यलय समेत ताला बन्दि गरेको छ ।

विश्व विद्यालयको कार्यकारी परीषदले ५ सय ९० औं बैठकको निर्णय पनी कार्यनयन नगरी निर्धारीत समय सिमा नग्दा पनी छलजाम गरी बेमानी गरेको कर्मचारी संघ र प्राध्यमपक संघको भनाई रहेको छ ।

५ सय ९० औं बैठकले कार्यनयन गर्नको लागी विश्व विद्यालय व्यवस्थापन समितीलाई पठाउदा सम्म पनी व्यवास्ता गरे पछि कर्मचारी संघ र प्राध्यमपक संघले विश्व विद्यालय केन्द्रिय परिषद नै ठप्प पार्ने सम्मको कार्यक्रमहरु घोषणा गर्न आफुहरु बाध्य भएको जानकारी दिए ।

यस अघि ५ सय ९० औं बैठकको निर्णय कार्यनयन गर्न कर्मचारी संघ र प्राध्यमपक संघल संयुत्त रुपमा मंसिर ६,११ गते र पौष ७ गते ३ पटक विज्ञप्ति मार्फत विश्व विद्यालय व्यवस्थापन समितीलाई जानकारी गराएका थिए ।

कर्मचारी प्राध्यापक संघले आफु संग भएको सम्झैता कार्यनयनको बाधक रजिस्टारको गतिविधि भएको ठहर गर्दै मंसिर २६ गते नै सम्झैता कार्यनयनमा अग्रसर हुन उपकुलपतिलाई विज्ञप्ति मार्फत ध्यानकर्षण गराएका थिए ।

4565
Shares

ट्रेन्डिङ