सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका ५ हजार ३ सय ७२ जना भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाइने

काभ्रेका ५ हजार ३ सय ७२ जना भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाइने

33295
Shares
काभ्रेका ५ हजार ३ सय ७२ जना भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाइने

काभ्रे :  काभ्रेका ५ हजार ३ सय ७२ जना भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाइने भएको छ । किस्ता नलिने तथा सम्झौता नगर्ने काभ्रेका ५ हजार ३ सय ७२ जना भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

लाभग्राहीमा परेपनि सम्बन्धित व्यक्तिहरु सम्झौता गर्न नआएका कारण लाभग्राहीको नाम स्वत हट्ने राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणको भनाई छ । प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्राहीमा समावेश भूकम्पपीडितलाई पहिलो किस्ता लिने अवधि गत १५ पुससम्म तोकेको थियो । त्यस अवधिसम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउन लागेको हो ।

लाभग्राहीबाट सबै भन्दा बढी नमोबुद्ध नगरपालिकाबाट ७ सय ५१ र सबै भन्दा कम महाभारत गाउँपालिकाबाट ५१ जना हट्ने छन् । प्राधिकरणले २०७७ माघ मसान्तभित्र पहिलो किस्ता लिएका सबै लाभग्राहीले दोस्रो किस्ताका लागि स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्राधिकरणले पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीका लागि निजी आवास पुनर्निर्माण तेस्रो तथा अन्तिम किस्ता लिन २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने पनि बताएको छ ।

33295
Shares

ट्रेन्डिङ