सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सम्पादकिय : स्थानिय चुनावको दोश्रो चरणमा कस्को पल्ला भारी ?

सम्पादकिय : स्थानिय चुनावको दोश्रो चरणमा कस्को पल्ला भारी ?

3470
Shares
सम्पादकिय : स्थानिय चुनावको दोश्रो चरणमा कस्को पल्ला भारी ?

अब यतिबेला संघारमा रहेको दोश्रो चरणको निर्वाचन र यसमा हुने हार जितको आँकलनमा आम सर्बसाधारण, पार्टी कार्याकर्ता, बुद्धिजिबी लगायत सम्पुर्णको ध्यान खिचिएको छ । आखिर दोश्रो चरणको निर्वाचनमा कसले बाजी मार्ला त सबैको आ आफनै विश्लेषण छ । भर्खरै नैतिकताको खरेडी चिर्दै प्रधानमन्त्रीबाट राजिनामा दिएको माओवादी केन्द्र -माके) को प्रसंशा सामाजिक संञ्जालमा प्रष्ट रुपमा देख्न सकिन्छ । यसैबाट हौसिएको माके दोश्रो चरणको निर्वाचनमा आफू पहिलो हुने आँकलन गरिरहेको छ । यसका अलबा आर्थिक बृद्धिदर, लोडसेडिङ्ग अन्त्य लगायतका मुद्धा लिएर माके जनतामाझ जानेछ । अझ तर्राई क्षेत्रमा प्रभाव बढाउन उसले भर्खरै मात्र हुलाकी राजमार्गमा दशवटा नमुना सहर निर्माणको अवधारणा ल्याएको छ जसले तर्राईमा आफनो पार्टीको लहर हुने उसले बुझेको छ ।त्यसका साथै टिकापुर घटनामा मुद्दा खेपेकालाई उन्मुक्ति दिने प्रयास चुनाव केन्द्रित नै हो ।

केशब चापागाईं, प्रधान सम्पादक
सबैको समाचार डट कम

भर्खरैको सत्ता साझेदार तथा सरकारको नेतृत्व गर्न खुटटा उचालेर बसेको नेपाली कांग्रेसको पनि आफनै दाउ छ । पुरानो आफनो पकड क्षेत्र तथा मधेसी नेताको बलियो साथ रहेको नेपाली कांग्रेससँग भर्खरै मात्र नेकपा एमाले भन्दा पछि पर्नु परेको तितो यर्थाथ छ । मुर्र्मुरीएका काँग्रेसी कार्याकर्तासँग यो तितो यर्थाथ स्विकार्नुको विकल्प छैन । सरकारको नेतृत्व गरेपछि साम, दाम, दण्ड भेदको नीति अपनाएर चुनाव जित्नुपर्छ भन्ने एकथरी काँग्रेसी नेता कार्यकर्ताको अडान छ । प्रचण्ड सरकारमा हुँदाको राम्रा कामको जस आफू पनि लिने र त्यही ऐजेण्डा लिएर जनतामाझ नेपाली काँग्रेस जाने छ । तर नेपाल प्रहरीका आईजिपी काण्ड, प्रधान न्यायधिशलाई महाअभियोग प्रस्ताव दर्ता लगायतका विषयमा जनतामाझ नाङ्गएिको नेपाली काग्रेसका लागि जनतामाझ नैतिक रुपमा समस्या हुने देखिन्छ । तर पनि स्व. गजेन्द्र नारायण सिँह लगायत पुराना काग्रेसी नेताको विरासतमा तर्राईमा आज पनि रमाई रहेको नेपाली काग्रेसका लागि यो अग्निपरिक्षामा सफल हुने हो होइन त्यो भने मतगणनाको परिणाम पछि थाहा हुने छ ।
प्रथम चरणको मतपरिणमबाट हौसिएको नेकपा एमालेका लागि दोस्रो चरणको निर्वाचन त्यति सहज भने छैन । एमालेका प्रमुख नेताहरुको निर्वाचन क्षेत्र मानिएको प्रदेश नम्बर १ मा त भन्न सकिदैन तर प्रदेश नम्बर २मा भने नेकपा एमाले लाई समस्या हुने देखिन्छ । मेचि महाकाली अभियानका क्रममा भएको सप्तरी घटना तथा प्रदेश नम्बर २ का विभिन्न स्थानमा गर्ने भनिएका आमसभा रोकिएको पिडा नेकपा एमालेका कार्यकर्ताले पक्कै पनि भुलेका छैनन । एमाले बहिष्कारको लहर चलाएका मधेशबादीले भोलीका दिनमा नेकपा एमालेलाई निशानामा नबनाउलान भन्न सकिन्न । प्रदेश नम्बर २ मा आफनो अस्तित्व देखाउन नेकपा एमाले अर्समर्थ भएमा त्यसको असर राष्ट्रिय राजनीतिमा समेत पर्ने पक्का छ । तर पनि राष्टियता, मेट्रो रेल, घर घरमा ग्याँसका पाईप, आफनै पानी जहाज लगायतका सपना बाडेका एमाले अध्यक्षले तर्राईका जिल्लामा कस्तो किसिमका प्रचार वाँण प्रयोगमा ल्याउने हुन त्यो भने केही दिनमा नै थाहा हुनेछ ।

संविधान सभामा काठमाडौबाट समानुपतिकमा सबैभन्दा बढि मत प्राप्त गरेको राप्रपा स्थानीय तहको निर्वाचन सम्म आईपग्दा थलिएको छ । राजनीतिक सिद्धान्तमा आएको विचलन तथा पार्टी भित्रैबाट भएका घात अर्न्तघातका कारण थलिएको राप्रपा दोश्रो चरणको निर्वाचनमा तंग्रिएका भन्ने आशा थोरैले मात्र गरेका छन । तर पनि सास रहेसम्म आश भनेझै थलिएको राप्रपा दोश्रो चरणको निर्वाचनका लागि तयार रहेको देखिन्छ ।
मधेशी दल चुनावमा आउने नआउने विषय अझ पनि टुङ्गो नलागेकोले आगामी दिनमा सो विषयमा चर्चा गर्नेछौ )

3470
Shares

ट्रेन्डिङ