काठमाडौं, १३ मंसिर । नेपालमा २० रुपैयाँदेखि ७ सय रुपैयाँसम्मको चिया पाइन्छ ।
भारत पनि सबैभन्दा महँगो चिया ताज प्यालेस होटेलमा उपलब्ध छ, जसको मूल्य ७०० देखि ८५० पर्छ । तर के तपाईलाई थाहा छ, दुबईमा एउटा चिया एक लाखमा पाइन्छ । आज हामी तपालाई यसको बारेमा जानकारी दिनेछौं ।
तर, दुबईको एउटा क्याफेमा २४ क्यारेट सुनको चिया पाइन्छ। हामी डीआइएफसी, एमिरेट्स फाइनान्सियल टावरहरूमा अवस्थित बोहो क्याफेको बारेमा कुरा गर्दैछौं। यसलाई भारतीय मूलकी महिला सुचेता शर्माले सञ्चालित गरेकी छिन् । यो क्याफेमा २४ क्यारेटको सुनको पातमा पाइने ‘गोल्ड कडा’ चियाको साथ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भर्खरै एउटा भाइरल भिडियो सार्वजनिक भएको छ, जसमा एक फूड भ्लगरले हामीलाई क्याफे रेष्टुरेन्ट र यसको सबैभन्दा महँगो चियाको बारेमा बताइ रहेका छन्। भ्लगरले बताए कि चिया शुद्ध चाँदीको कटलरीमा सुनको धुलो र सुनको पात माथि दिइन्छ।
यो भिडियोलाई अहिलेसम्म ९० हजार पटक भन्दा बढी हेरिएको छ। यो भिडियोमा मानिसहरुले निकै रमाइलो कमेन्ट गरेका छन् ।