काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन ।
महाशाखाले आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । यस्तै आज राति पनि कोशी र गण्डकी प्रदेशकै पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।