सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एमालेका दुई नेताद्वारा पार्टी त्यागको घोषणा

एमालेका दुई नेताद्वारा पार्टी त्यागको घोषणा

2380
Shares
एमालेका दुई नेताद्वारा पार्टी त्यागको घोषणा

काठमाडौं, ९ जेठ । एमालेका दुई प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन् । एमाले केन्द्रीय सदस्य प्रह्लाद गिरी र पूर्वसभासद एवं पर्सा क्षेत्र नम्बर ४ का अध्यक्ष प्रधुम्न चौहानले सोमबार पार्टी परित्यागको घोषणा गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– वीरगन्जमा सोमबार आयोजित कार्यक्रममा एमालेको मधेसविरोधी अडानका कारण राजनीतिक निकास नभएको र मधेसमा निर्वाचनको अन्योल छाएकाले पार्टीमा बसिरहनु उपयुक्त नठानेको उनीहरुले बताएका छन् ।
‘मधेस आन्दोलनलाई एमालेले उपेक्षा गर्दै आएको छ । मधेसीको भावनामा चोट पु¥याउने काम पटक–पटक भयो,’ उनीहरुले भने । शीर्ष नेताहरु मधेस प्रदेशलाई धोती प्रदेश, मधेसीलाई बिहारी र मधेस आन्दोलनबाट उठेका मागलाई भारतसँग जोडेर बोल्ने गरेको उनीहरुको आरोप छ । पार्टीका विभिन्न भेला र बैठकमा मधेस आन्दोलनबाट उठेका माग पूरा गराउन दिएको सुझाव पार्टी पंक्तिले लत्याउँदै आएको उनीहरुको गुनासो छ । केन्द्रीय नेतृत्वमा देखिएको मधेस र मधेसीलाई दास बनाएर राख्ने मनोवृत्ति, शासकीय चाहना र पार्टीका मधेसी नेता तथा कार्यकर्ताको विचारलाई लत्याएर हिँड्ने प्रवृत्तिका कारण एमाले परित्याग गर्न विवश भएको कार्यक्रममा वितरित विज्ञप्तिमा उल्लेख छ ।

2380
Shares

ट्रेन्डिङ