सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • नेपालमा बढ्दै गरेको शेयर लगानी

नेपालमा बढ्दै गरेको शेयर लगानी

7430
Shares
नेपालमा बढ्दै गरेको शेयर लगानी

सन्तोष कुमार सुवेदी
नेपालमा राजनीतिक अस्थिरताको कारण ठूलो मात्रामा पूँजी लगानी गरेर उद्योगधन्दा संचालन भएका छैनन् । भएका पनि अत्यन्तै धराशयी अवस्थामा संचालन भइरहेका छन् । नेपालमा संविधान निर्माण पश्चात राजनीतिक स्थीरता हुने र स्वदेशी तथा विदेशी लगानीले स्थान जमाउने भनिएता पनि त्यस प्रकारको वातावरण तयार हुन सकेको छैन । अहिले नेपालबाट कामका लागि विदेशीने नेपालीहरु धेरै छन् ।

उनिहरुले विदेशमा बसेर कमाएको रकमको केही मात्रा खर्च गरेर सके पनि बचाउको रकम भने नेपाल पठाउने गरेका छन् । उनीहरुले पठाएको रकम (रेमिट्यान्स) कहाँ र कसरी प्रयोग गरिरहेका छन् भन्ने एकिन तथ्यांक त छैन । तर पनि यसरी नेपाल भित्रने रकम घरायसी खर्च, घरजग्जामा लगानी तथा पूँजी बजारमा लगानी हुनेगरेको भेटिएको छ । यसै सेरोफेरोमा रहेर नेपालको रोमिट्यन्सलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा केही शेयर विश्लेषक र लगानीकर्ताहरुले पूँजीबजारमा कसरी लगानी गर्ने भन्ने बारे व्यक्त गरेको विचारहरुलाई यहाँ संक्षेपमा प्रस्तुत गरेका छु ।

शेयर के हो ?
व्यक्ति वा संस्थाले कम्पनी वा व्यवसायमा गरेको लगानीको अनुपातमा घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश शेयर हो । कम्पनीको पूँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरुलाई विक्रि गरिन्छ, यसरी कम्पनीको पूँजीको विभाजीत इकाइको दस्तावेज शेयर हो ।

कम्पनीको लागि पूँजी जम्मा गर्नको लागि शेयर जारी गरिन्छ तथा यो दस्तावेज राख्ने व्यक्तिलाई शेयरधनी भनिन्छ । शेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजीको अदृश्य इकाइ पनि हो, जसमा कम्पनी तथा शेयरधनी विच करार हुने गर्दछ । शेयरमा लगानी गरे वापत शेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांस प्राप्त गर्ने गर्दछन् ।

कम्पनीकोशेयर दुई प्रकारको हुन्छ । ति हुन् संस्थापक शेयर वा अग्राधिकार शेयर साधारण शेयर । संस्थापक शेयर वा अग्राधिकार शेयर त्यस्तो शेयर हो, जुन कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो ।

अग्राधिकार शेयरमा शेयरपूँजी तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ । अग्राधिकार शेयर निष्काशन गर्दा कम्पनी ऐेन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरी गर्नु पर्ने हुन्छ भने यो समुहको शेयरहरुले साधारण शेयरधनीहरु भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ । अग्राधिकार शेयर संस्थाको पूँजिको रुपमा रहने भएता पनि यसको शेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने हँुदैछ तर यसमा निश्चित दरमा लाभांस प्राप्त गर्ने अधिकार यस प्रकारको शेयरधनीलाई हुन्छ ।

जस्तो कि १ अर्ब पुँजीको एउटा कम्पनी वा आयोजना सञ्चालन गर्ने भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्ब मध्ये कम्पनीको शूरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराइयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुुरुवात गर्नेहरुले आफूले कबुल गरेको रकम बराबरको शेयर हाल्छ त्यसलाई संस्थापक शेयर वा अग्राधिकार शेयर भनिन्छ ।

कुनै कारणले कम्पनी चल्न सकेन र विघठन गर्नु परे ऋण रकम पछि यो शेयरको भुक्तानी पहिला फिर्ता हुन्छ । यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो शेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन गर्ने गरिन्छ । अग्राधिकार शेयरका पनि विभिन्न प्रकारहरु हेने गरेका छन् । साधारण शेयरमा परिणत हुने, प्रतिफल जम्मा हुने , प्रतिफल जम्मा नहुने, विनिमय गर्नु मिल्ने तथा अनन्तकाल सम्म रहने अग्राधिकार शेयरका प्रकारहरु हुन् ।

अग्राधिकार वा संस्थापक शेयर धनीले साधारण शेयर धनीले भन्दा पहिला लाभांश प्राप्त गर्ने अधिकार राखेको हुन्छ । संस्था विघटनको अवस्थामा सम्पत्ति माथि पहिलो अधिकार यस्ता शेरधनीले राख्छन् । अग्राधिार शेयरलाई साधारण शेयरमा परिणत गर्न पनि सकिन्छ । संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने यस्ता शेयरधनीलाई हुँदैन ।

कुनै पनि संस्था वा कम्पनीका संस्थापकले अग्राधिकार वा संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ । साधारण शेयर तपाई हामी सर्वसाधारण जनताबाट उठाईएको शेयर हो । सामान्यतया १ कित्ता शेयरको मुल्य रु.१०० हुन्छ । सर्वसाधारणलाई ५० कित्तादेखि माथि शेयर हाल्ने अवसर प्राप्त हुन्छ ।

कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने शेयर साधारण शेयर हो । यस शेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ । अग्राधिकार शेयर जस्तो यसमा निश्चित दरमा लाभांश प्राप्त गर्ने अधिकार यो शेयर भएको शेयरधनीलाई हुदैन बरु कम्पनीको मुनाफाबाट अग्राधिकार शेयरधनीहरुलाई लाभांश बाँडफाँड गरे पछि रकम बाँकी रह्यो भने साधारण शेयरधनीहरुले लाभांस प्राप्त गर्न सक्छन । यस्तै गरि कम्पनी विगठन भएको अवस्थामा पनि ऋण पत्र तथा अग्राधिकार शेयर धनीहरुलाई रकम फिर्ता गरिसके पछि मात्र बाँकी रहेको रकमबाट साधारण शेयरधनीहरुलाई वितरण गरिन्छ ।

आफूले किनेको शेयरको मुल्य घट्ने वा बढ्ने कसरी थाहा पाउने भन्ने विषयमा पनि हामीले केही कुरा प्रस्तुत गर्न खोजेका छौं । भविष्यमा कम्पनी नाफामा गयो भने थोरै शेयरले पनि धेरै नाफा दिन्छ । जस्तो उदाहरणको लागि एक करोडको लगानीमा सम्पन्न जलबिद्युतले २ करोड वार्षिक नाफा कमायो भने आज रु. १०० मा किनेको शेयरले प्रति वर्ष रु. २०० त नाफा मात्र गर्छ ।

यस्तो कम्पनीको शेयर रु. १०० मै उसले शूरुमा किनेको भए पनि आज रु.५०० मा किन्दा के फरक पर्छ र आखिर त्यसले प्रत्येक वर्ष रु. २०० नाफा दिने सम्भावना छ भने । यस्तो बेला शेयर किन्नेले भविष्यमा हुने कम्पनीको नाफाको आँकलन गरी आफूले किनेको भन्दा सयौ गुना बढी हालेर पनि शेयर अरु पहिला लिईसक्नेबाट खरिद गर्ने गर्दछ । यस्तो बेला शेयरको मुल्य बढ्ने हो ।

तर यसको ठिक उल्टो कम्पनी चल्नै सक्दैन घाटामा निरन्तर जान्छ भने एक दिन रु. १०० मा किनेको शेयर खर्च भएर कम्पनीको खर्चमै पनि त सिद्धिन सक्छ नि ! हो यस्तो बेला रु. १०० को शेयर रु. ५० मै किनेर पनि के गर्ने एक दिन त्यो पनि सिद्धिन्छ । यस्तो बेला बजारमा शेयरको मूल्य घट्न पनि सक्छ । नेपाली बजारमा कुनै बेला रु.१०० मा किनेको काष्ठमण्डप डेभलपमेन्ट बैंकको शेयर रु.५०० सम्म भएको थियो भने चिलिमे जलविद्युतको मुल्य रु. २६०० सम्म भएको थियो । तर माओवादी युद्धकालमा फुलवारी रिसोर्टको रु.१०० को शेयर रु. ३४ सम्ममा पनि बिक्न गाह्रो भएको उदाहरण हामी सँग छ ।

धितोपत्र बोर्डबाट स्वीकृति लिएको कम्पनीहरु शेयर खरिदबिक्री गर्न अनुमती पाएको एजेन्ट (दलाल) का रुपमा प्रशस्तै कम्पनीहरु छन् । उनीहरु कहाँ बेच्ने र किन्ने दुवै जाने हो । उक्त एजेन्टले आवश्यक कागजातहरु मिलाएर किन्ने र बेच्नेको स्वामित्व हस्तान्तरण गर्छ । बुझ्नको लागि जग्गा खरिदबिक्रीको सन्दर्भमा मालपोत कार्यालयको जस्तो काम उनीहरुले गर्छन् । त्यही ठाँउमा बिक्री गर्ने बढी र खरिद गर्ने कम भयो भने स्वतः शेयरको मुल्य घट्छ तर बिक्री गर्ने कम र खरिद गर्न खोज्ने बढी भयो भने बढ्छ । यो तलमाथी भईरहने कार्यलाई नेप्से परिसुचक भनेर पत्रपत्रिका तथा अनलाइनहरुमा पढ्न र हेर्न पाइन्छ ।

विभिन्न बैंक, वित्तिय संस्था, विद्युत कम्पनी तथा संस्थानको शेयर संस्थाको नियम र निर्णय अनुसार जहिले पनि शेयर खुल्न सक्छ तर उनीहरुको शेयर राष्ट्रिय स्तरको पत्रिकामार्फत सुचना जारी भएर मात्र खुल्छ । त्यो पत्रिकाहरु बारम्बार हेरेर पत्ता लगाउनु राम्रो हुन्छ । उक्त पत्रिकामा नै कहिलेसम्म निवेदन हाल्न मिल्ने ? कति रकमसम्मको हाल्न मिल्ने ?

कहाँ–कहाँ सम्पर्क राख्नु पर्ने जस्ता कुरा उल्लेख गरिएको हुन्छ । त्यही ठाँउमा गएर निवेदन हाल्ने हो । उनीहरुले भनेको बैंकमा आवेदन हालेको रकम जम्मा गरेर सक्कल भौचर पेश गर्न सकिन्छ । हाल नेपालमा डिम्याट खाता खोलेकाले मात्र प्राथमिक शेयर हाल्न वा किन्न पाउने व्यवस्था गरिएको छ । या भनो शेयरको कारोबार गर्न डिम्याट खाता अनिवार्य गरिएको छ ।

सामान्यतया ३ महिनाभित्र कि शेयर कि पैसा, कि थोरै शेयर र बाँकी पैसा वा सबै शेयर पनि दिन सक्छन् । फिर्ता भएको रकममा बजार मुल्यको बचत ब्याज पनि दिन्छ । यो बैंकमा हालेको बचत जस्तै बैंकमै रहने पैसा हो । तर शेयरसम्बन्धी कुनै संस्थाले बद्मासी ग¥यौ भने उजुरी गर्न धितोपत्र बोर्डको कार्यालय जानु पर्छ ।

यदि कम्पनीले नाफा कमायो भने कम्पनीले बोनस शेयर, लाभांशको माध्यामबाट लगानिकर्तालाई नाफाको अंश वितरण गर्छ । अर्को केही पैसा वा केही शेयर पनि दिन सक्छ । यस्तो शेयरलाई हकप्रद शेयर (राइट शेयर) भनिन्छ । तर कम्पनी घाटामा गयो भने कुनैपनि किसिमको बोनस वितरण गर्दैन तर यसको अर्थ कम्पनीको खर्च पुगेन भनेर तपाईको बाँकी सम्पत्तीबाट भुक्तानी माग्न पनि आउदैन । बढीमा तपाईले हालेको शेयरसम्मको लगानी डुब्ने खतरा रहन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने जलविद्युत आयोजनामा लगानी गर्ने प्रचलन बढेको छ । यस बाहेक सिमेन्ट, पर्यटन, होटल, बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने प्रचलन बढेको पाइन्छ । नाफा वातावरणको मात्र नभएर ब्यवस्थापनको उपच पनि हो ।

तर नेपाल सरकारले जलविद्युत, यातायात पूर्बाधार, पर्यटन, कृषी जन्य जडिभुटी प्रसोधन र खानीजन्य उत्पादनलाई नयाँ नीतिमार्फत प्राथमिकतामा राखेको छ । जलविद्युतमा लगानी गर्नेले उत्पादन गरेको बिजुली किनिदिने सम्झौता गर्ने गरेको छ । यस्ता सम्झौंतालाई पिपिए भनिन्छ । यसबाहेक उत्पादन भएको १० वर्षसम्म आयकर छुट र त्यसपछि थप ५ वर्ष आधा मात्र आयकर लिने नीति लिएकोले भारत र चिनिया कम्पनीको नेपालको जलविद्युतमा खर्बभन्दा माथीको लगानी गर्ने प्रतिष्पर्धा नै चलिरहेको छ । यी विदेशी कम्पनीहरुका आयोजनाहरु सामान्यतया २५ देखि ३५ वर्षभित्र सरकारलाई जिम्मा दिने शर्तमा आईरहेका छन् । यी आयोजनाहरुमा पनि साधारण शेयर आवहान हुनेछ ।

त्यसैगरी नेपाल अहिले सिमेन्टमा आत्मनिर्भर भईरहेको भनिए पनि ८० प्रतिशत भन्दा बढी सिमेन्ट बनाउने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने हुन्छ । स्वदेशमै यस्ता कच्चा पदार्थ प्रशस्त पाइएकाले विद्युतको आपूर्ति हुन सके प्रशस्त लगानी राम्रो हुने देखेर नाइजेरियाको डंगोट सिमेन्टले करिब ७५ अर्ब, भारतको रिलायन्सले ४० अर्ब र चिनियाँ सिमेन्ट कम्पनी हौंशीलेले पनि सिवम् सिमेन्टसंगको सहकार्यमा ३० अर्ब लगानी गरेका छन् । बढ्दो दरमा भईरहेको बिद्युत आयोजना, २५०० भन्दा बढी किलोमिटरको सडक पिच हुन बाँकी आयोजनाहरु, सडक बिस्तारसँग मानिसहरुले गर्ने सिमेन्ट पक्की घरहरुको आँकलन, अन्तर्राष्ट्रिय हवाईमैदानहरुको निर्माण क्रमले सिमेन्ट कम्पनीमा लगानीकर्ताहरु आकर्षित भएका छन् ।

भौतिक पूर्वाधारको लगानीले पर्यटकहरुलाई नेपाल आउन र गुम्न सहयोग गर्नेछ । यसबाहेक सरकारले नेपाल बायुसेवा निगममार्फत अन्तर्राष्ट्रिय उडानहरु थप्न जहाज किन्ने योजनाहरु सार्बजानिक गर्दछन् । तर यसमा राजनीतिक हस्तक्षेप र खिचलो पनि हुदैछ । पोखरा र भैरहवा अन्तर्राराष्ट्रिय बिमानस्थलहरु बन्ने कुरा छ । यस्ता योजनाले पर्यटकको संख्या बढ्नेछ ।

खासगरी चीनले सिल्क रोड परियोजना अन्र्तगत एसियाका देशहरु सबैमा रेल तथा सडक बिकास योजना सार्वजानिक गर्दैछ । जसले गर्दा उक्त सडक तथा रेलमार्ग नेपाली भूमी भएर दक्षिणतिर जान सक्नेछ । यसले गर्दा सस्तोमा चिनीया पर्यटकहरु नेपाल आउनेछन् । चिनीया पर्यटक आउने अर्को कारण उनीहरुको प्रति व्यक्ति आय बढ्दैछ । यी कुराहरुको आँकलन गरेर हाल पोखरा र काठमाडौंका ठाँउहरुमा धमाधम होटलहरु बन्दैछ । सेराटन लगायतका अन्र्तराष्ट्रिय ब्राण्डका होटलहरु काठमाडौंमा बन्दैछ ।

उनीहरुले पनि शेयर आवहान गर्न सक्नेछन् । केही युवाहरु चिनिया भाषा सिकेर होटलहरुमा काम गर्ने तथा ट्रेकिङमा आम्दानी गरिरहेका छन् ।

त्यसैगरीशेयर लगानीकर्ताका लागि सिमेन्ट, हवाईमैदान, सडक र बिद्युतमा लगानीसँग ठूलो संख्यामा इन्जिनियरिङ मानवीय संसाधनको माग बढ्ने सम्भावना छ । यसले गर्दा इन्जिनियरिङ कलेजहरु पनि लगानीको क्षेत्र हुन सक्नेछ । विभिन्न हिमाली डाँडाहरुमा केबलकारहरु, काठमाडौंमा केबलकार लगायतमा पनि लगानी आउने क्रम जारी छ ।

मुल नीति राजनीति हो । राज्यले लिने हरेक नीतिनियम सँग राजनीति जोडिएको हुन्छ । राजनीतिका कारण लगानीहरु डुब्ने वा उभोँलाग्ने दुवै हुन सक्छ । जस्तो संविधान निर्माण त भएको छ तर यसको कार्यान्वयनमा जटिता देखिएको छ । यसका कारण बन्द र हड्ताल भयो भने । फेरि युद्ध भयो भने त कम्पनी नचल्ला । घाटामा कम्पनी जाला । अर्को संविधान आए पनि एउटा न एउटा पक्षले बिरोध गरिरहला, आन्दोलन गरिरहला ।
अर्को कुरा सरकार फेरिरहला ।

आज सरकारले विद्युतलाई छुट दियो भोलिको सरकारले अर्को नीति ल्याएर बिदेशी लगानीकर्ता लखेट्ने किसिमको नीति बनाउला । यस्तो अवस्था आयो भने विद्युतमा लगानी आउदैन । विद्युतमा लगानी नआएपछि जलविद्युत आयोजना बन्दैन सिमेन्ट खपत पनि नहोला वा विद्युत नभएपछि सिमेन्ट कारखाना पनि कसरी चल्ला ? यो नेपालको राजनीतिको जिम्मा त कसैले पनि लिन सक्दैन । तर याद गर्नुपर्ने कुरा के हो भने सामान्य आन्दोलन र कहिलेकाहीको बन्द संसारको जुनसुकै पनि ठाँउमा हुने भएकोले केही बन्द
 हुँदैमा आत्तिनु पर्ने हँुदैन । अर्को भनेको प्रशासनिक ढिलासुस्ती हो । १ अर्बको योजनामा एउटा गाविसको सिफारिसले एक हप्ता रोकियो भने करोडौं घाटा होला । नेपालको दुर्भाग्य यो पनि छ ।

stock-market-down

स्थानीयको अवरोध पनि लगानी डुब्ने अर्को कारण हो । स्थानीयले नचाहिदो माग राखेर योजना अगाडि बढ्न दिदैन भने घाटामा जान सक्छ । जलविद्युत र सिमेन्ट कारखानाहरुले यो समस्या झेल्नुपर्ने अवस्था आउन सक्छ । त्यसैगरी मजदुर आन्दोलन पनि अर्को कारण हो । हामीकहाँ जिम्मेवारी पुरा गर्नु भन्दा बढी अधिकार माग्ने संस्कार छ । अनाआवश्यक माग राखेर मजदुर आन्दोलन भईरहने र यसले राजनीतिक संरक्षण पाउने भएकोले कम्पनी घाटामा जान सक्छ । कतिपय कम्पनीहरु मजदुर आन्दोलनले बन्द भएको उदाहरण हामीसँग प्रशस्त छ ।

7430
Shares

ट्रेन्डिङ