सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एक वडा, एक उत्पादन सम्युक्त अनुगमन तथा सार्वजनिक सुनुवाई सम्पन्न

एक वडा, एक उत्पादन सम्युक्त अनुगमन तथा सार्वजनिक सुनुवाई सम्पन्न

कृषक प्रत्यक्ष लाभान्वित हुने पालिका अध्यक्ष अधिकारीको अपेक्षा !

1005
Shares
एक वडा, एक उत्पादन सम्युक्त अनुगमन तथा सार्वजनिक सुनुवाई सम्पन्न

काभ्रेपलाञ्चोक । बेथान्चोक गाउँपालिकामा किसान लक्षित समुदायमा आधारित “एक वडा, एक कृषि उत्पादन” कार्यक्रमको सम्युक्त अनुगमन तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।

जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा बेथान्चोक गाउँपालिका वडा नं २ महाभारत कृषक समूहद्वारा कार्यक्रम कार्यान्वयन गरिएको हो। १५७ किसानले प्लास्टिक टनेल निर्माण गरेका छन्। कार्यक्रम लागत साझेदारीमार्फत लागू गरिएको हो।

कार्यक्रमका लागि कृषि विकास कार्यालयले ३९ लाख, स्थानीय पालिकाले १३ लाख ३३ हजार, र किसानहरूले १३ लाख ३३ हजार गरी कुल ६७ लाख रुपैयाँ भन्दा बढी लगानी भएको छ।

कार्यक्रम अन्तर्गत १० वटा हाइटेक फलामका टनेल, ८४ वटा बास्को टनेल, २८५ किसानलाई बीउ बिजन, गार्डेन पाइप, र १६७ जनालाई स्प्रे पम्प वितरण गरिएको जानकारी वडा अध्यक्ष पुरुशोतम तिमल्सिनाले दिनु भयो।

“पञ्चवर्षीय योजनाअन्तर्गत यो तरकारी खेती कार्यक्रम लागु गरिएको हो। यसबाट किसान प्रत्यक्ष लाभान्वित हुनेमा हामी आशावादी छौं।” सार्वजनिक सुनुवाईका क्रममा कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले भने,“किसानको उत्पादनशक्ति वृद्धि गर्न यो कार्यक्रमले ठूलो योगदान पुर्‍याउनेछ। आधुनिक कृषि प्रविधिको प्रयोगबाट किसानलाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो।”

कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष भगवान अधिकारीले भने, “नागरिकको समृद्धिका लागि किसान लक्षित यस्ता कार्यक्रमलाई पालिकाले सधैं प्राथमिकतामा राखेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर जारी राख्ने छौं।”

1005
Shares

ट्रेन्डिङ