सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रेका १२२ जना कोरोना संक्रमित निको भएर घर फर्किए, आज थप तिन जनामा संक्रमण पुष्टि

काभ्रेका १२२ जना कोरोना संक्रमित निको भएर घर फर्किए, आज थप तिन जनामा संक्रमण पुष्टि

5240
Shares
काभ्रेका १२२ जना कोरोना संक्रमित निको भएर घर फर्किए, आज थप तिन जनामा संक्रमण पुष्टि

काभ्रे । काभ्रेका कोरोना संक्रमित मध्ये हाल सम्म १२२ जना उपचार पछि निको भएर घर फर्किएका छन् । आज थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

थपिएका संक्रमितहरु बनेपा नगरपालिका एक जना पुरुष र पनौती नगरपालिकाका दुई जना पुरुष छन् । थपिएका नयाँ संक्रमित सहित हाल जिल्लामा संक्रमित हुनेको संख्या ३१९ पुगेको छ ।

उनीहरु मध्ये १२१ जना महिला छन् भने १९८जना पुरुष छन् । हाल जिल्लामा सक्रिय संक्रमित २०० जना छन् । संक्रमित हुने मध्ये१५५ जनाको अस्पताल आईसोलेसनमा उपचर भईरहेको छ भने ४० जना होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले जानकारी दिनुभयो ।

5240
Shares

ट्रेन्डिङ