सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • डा. नेपालको गर्भनर पद खुस्कने संकेत (डा. नेपाललाई खुल्ला पत्र )

डा. नेपालको गर्भनर पद खुस्कने संकेत (डा. नेपाललाई खुल्ला पत्र )

4305
Shares
डा. नेपालको गर्भनर पद खुस्कने संकेत (डा. नेपाललाई खुल्ला पत्र )

नेपालको प्रायः सबै वाणिज्य बैङ्कहरूमा मात्र नभई नेपालक राष्ट्र बैंकमा समेत अमेरिकन डलर पाइदैन । जसले गर्दा नगद डलर लिएर विदेश जाने नेपाली विद्यार्थी, व्यापारी, पर्यटकलगायतलाई ठूलै समस्या परेको छ ।
आखिर किन भइरहेछ यस्तै । अमेरीकामा भएको राष्ट्रपतिको चुनाव पछि डलरको भाउ कम हुन वा आजको समयमा डलरको भाउमा बृद्धि हुने नेपाली सर्वसाधरणलाई सधै नै डलरको सास्ती भइरहेको छ ।
नेपालको राजनैतिक अस्थिरताकै कारण आफ्नो भविष्य अन्धकार हुने बताउदै नेपाली विद्यार्थीहरु पढ्न आफ्नो भविष्य बनाउने उद्देश्यलिई विदेश जाने क्रम केही वर्ष यता दिनमा दुई र रातमा चारगुना बढिरहेको छ ।
भिसा हातमा लिई नेपालको वाणिज्य बैंकहरुमा दिनहुँ डलरलिनको लागि विद्यार्थीहरुको लर्कोनै लाग्ने गरेको छ । भिषा नपाउन्जेल एमविसि र कन्सल्टेन्सी धाउने र भिसा पाएपछि वाषिज्य बैंकहरुमा जाने यो दैनिक हजारौ नेपाली विद्यार्थीहरुको दैनिकै बनेको छ ।
भिसा हातमा आएको १० दिनमा ५ वटा बैंकमा अनुरोध गर्दा समेत २५०० डलर नपाएको एक सेवाग्राहीले बताए । उनी जस्तै कयै होलान त्यसैगरी बैंक धाउने विद्यार्थीहरु यसको पुकार कसले सुनिदिने ।
उनी भन्छन् आफ्नो पैसाले सिधा हिसाबले डलर किन्न त नपाउने देशमा आफ्नो भविष्यको के सपना देख्नु । हुनत एक तर्फ हेर्दा उनको तर्क पनि त सहि नै थियो होइन र ?
वाणिज्य बैंकहरु नियन्त्रण नियमन गर्ने निकाय राष्ट्र बैंक साच्चै के गरी रहेको छ । यो सोच्नै पर्ने अवस्था भएको छ । दैनिक आवश्यकता पनि परिपूर्ति गर्न नसक्ने गरी के गरीरहेको छ राष्ट्र बैंकले ?
यो उत्तर अब गर्भनर डा. चिरञ्जीवी नेपालले दिनै पर्ने भएको छ । वाणिज्य बैंकहरुमा डरल लिन गयो डलर छैन भन्ने उत्तर पाइन्छ आखिर कहा जान्छ डलर ? दैनिक रुपम नै यस्तो उत्तर आउछ वाणिज्य बैंकहरुको ।
अरु त के कुरा गर्नु नेपाल राष्ट्र बैंकमा पनि दिनभर पालो कुरेर बस्यो आखिरमा पालो आउँदा डलर छैन भन्ने उत्तर त्यही पनि आउँछ । साँच्चै डलर अच्चमकै कुरो रैछ राष्ट्र बैंकका एक सेवाग्राहीले भने मैले तिन दिन भयो डलरको जोह गर्नै सकिन अब के गर्ने होला ?
यस्तो अन्योलमा पर्ने सेवाग्राहीहरु धेरै छन् गर्भनर डा. चिरञ्जीवी नेपालज्यू । एक दिन कालो झण्डाको सिकार बनाउलान बेलैमा विचार पुर्याउनु होला है ।
यस्तै बैङ्कमा घण्टौं लाइन बस्दा पनि डलर साट्न नपाएको बुढानिलकण्ठ नगरपालिका, कपनका नविन सिङ्देल बताउँछन् । मङ्गलवार ९ र १० ओटा बैङ्कमा धाउँदा पनि ५ सय डलर सटही गर्न सकिएन उनले भने । ‘बानेश्वर एरियामा कार्यालय रहेका प्रायः सबै बैङ्कमा गएर आग्रह गर्दा पनि ५ सय डलर साट्न पाइएन,’ पोख्रेलले भने ।
डेनमार्कमा एमबीबीएस अध्ययन गरिरहेका काभ्रेका एक विद्यार्थीले पनि बैङ्कहरूमा डलर अभाव भएकाले आफूलाई अप्ठ्यारो परेको बताए । १००० सय डलर साट्न विभित्र बैङ्क धाउँदा पनि ४ सयमात्रै हात परेको बताए । ‘नबिल बैङ्कको न्यूरोड शाखामा घण्टौं लाइन बसेर ४ सय डलरमात्र साट्न सकें,’ उनले थपे ।
पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सुंगापुरबाट डलर ल्यायोे, विदेशी पर्यटकहरुले ल्याउन डलर कहाँ गयो । पर्यटकहरु आउनेक्रम त रोकिएको पनि छैन । तरपनि किन डलर अभाव भइरहेछ छ । यसको अनुसन्धान किन हुँदैन ।
स्रोतका अनुसार राष्ट्र बैंकको विभिन्न २० वटा विदेशी बैंकमा करिब १० अर्ब ५० करोडा रुपौयाको हाराहरीमा डलर मौज्दात छ । तर पनि नेपालमा सर्वसुलभ रुपमा डलर पाउन सकिएको छैन । यसमा गर्भनर डा. नेपालले सोच्नुपर्ने अवस्था आएको छ ।
बजार भन्दा बढी मूल्य तिर्न सकेको अवस्थामा जति पनि डलर पाइने दाबी गर्छन एजेन्टहरु । साच्चैने अहिले सर्वसाधरणहरुले त त्यही गर्नु अवस्था छ । वाणिज्य बैंकहरुमा डलर लिन जानु पनि गर्भनर, डेपुटी गर्भनर, उच्च पदस्थ कर्मचारीहरु, अवथा बैंकका चिनजानेका कर्मचारीहरु भए मात्र डलर पाइन्छ । नभए उही उत्तर डलर नै छैन ।

विदेशमा जाने नेपाली विद्यार्थी, व्यापारी, पर्यटकलगायतहरुले भने दैनिक रुपमा वाहिर एजेन्टहरुलाई बढि मुल्यमा डलर खरिद गर्नु परिरहेको छ ।
यसमा सरोकारवाला निकाय मौन छ । यसको समाधान कहिले गरिदिने गर्भनर डा. नेपालले भन्ने पर्छ । होइन भने नेपालीहरुलाई त्यो डलरको आवश्यकता नै नपर्ने अवस्थाको सुजना गरिदिनु पर्छ ।
एनसेल कम्पनीलाई रातारात ८ अर्ब डलर लैजाने दिने गर्मनर डा. चिरञ्जीवी नेपालले आवश्यकता अनुसार डलर ल्याउने काम गर्न किन नसकेको, बैंक र वित्तिय संस्थाहरुलाई साप्ताकिरुपमा ५/६ हजार डलरले दैनिक आवश्यतालाई परिपूर्ति गर्न नसकेको तथ्य आजको होइन ।
विदेश जाने नेपाली विद्यार्थी, व्यापारी, पर्यटकलगायतलाई राष्ट्र बैंक तथा अन्य वाणिज्य बैंकहरुले डलर कार्ड लिएर जानु भन्ने आदेश दिएको छ । यो कत्तिको न्यायोचित कुरा हो त ।
नेपालमा नै एटिएम मेसिनहरुमा नेपालका कार्डहरुमा समस्याहरु बढिरहेको अवस्थामा विदेशमा त्यो डलर कार्डमा समस्या आयो भने कसलाई भन्ने कहाँ भन्ने यसको कुनै समाधान नै छैन । बैंकका कर्मचारीहरुलाई भन्दा पनि उनीहरु अनविज्ञ छन् ।
डा.नेपालज्यू यस विषयमा तपाई के भन्नुहुन्छ । यो समस्यालाई तपाईले चाडो भन्दा चाडो समाधान गर्नु सक्नु भएन भने कालो झण्डा र ढुंगा मुढाको सिकार बनाउलान् विद्यार्थीहरुले सचेत रहनुहोला ।
भुकम्प पुर्नःनिर्माण प्राधिकरणले चित्त बुझ्दो काम नगरेको भन्दै सिइओ निलम्बन गर्न सक्नै सरकारले तपाईलाई के बाँकी राख्लान त डा. नेपालज्यू बेलैमा होस पुर्याउनु होला ।

4305
Shares

ट्रेन्डिङ