सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बनेपामा फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण तालिम सम्पन्न

बनेपामा फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण तालिम सम्पन्न

1025
Shares
बनेपामा फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण तालिम सम्पन्न

काभ्रे :- बनेपा नगरपालिका वडा नं ७ को आयोजनामा फोहोरमैला व्यवस्थापन तथा वर्गीकरणसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ। वडा सदस्य सोनि शाक्यको संयोजकत्वमा सञ्चालित तालिममा वडा अन्तर्गतका ९ टोल समितिलाई ६ समूहमा विभाजन गरी १८० भन्दा बढी गृहिणीहरुको सक्रिय सहभागिता रहेको थियो।

तालिममा काठमाडौं विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका प्रशिक्षक उज्वल प्रधानले फोहर वर्गीकरणका प्रविधि र व्यवहारिक अभ्यास सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए। सहभागीलाई फोहोरको स्रोतमै छुट्ट्याउने तरिका, पुनः प्रयोगयोग्य तथा नष्टयोग्य फोहोरको पहिचान लगायत विषयमा प्रशिक्षित गरिएको थियो।

कार्यक्रममा वडाबाट सहभागीहरुलाई फोहर संकलनका लागि आवश्यक भाँडो वितरण गरिएको थियो भने घरघरमै फोहर छुट्याउने संस्कार बसाल्न जनअपिल समेत गरिएको थियो। वडाले यस्ता कार्यक्रमले सफा, हरियाली र दिगो सहर निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

1025
Shares

ट्रेन्डिङ