सबैको समाचार
बुधबार, मंसिर २६, २०८१
  • होमपेज
  • रिभव सेवाचार्यको नयाँ गीत हिस्सी लाम्ह मयजु सार्वजनिक

रिभव सेवाचार्यको नयाँ गीत हिस्सी लाम्ह मयजु सार्वजनिक

910
Shares
रिभव सेवाचार्यको नयाँ गीत हिस्सी लाम्ह मयजु सार्वजनिक

काभ्रे । गायक रिभव सेवाचार्यको आवाज मा अर्को नयाँ गीत हिस्सी लाम्ह मयजु सार्वजनिक भएको छ ।

भूषण भोमीको शब्द सिर्जना मा रहेको उक्त गित नेवारी परिकारहरुको विषय मा तयार गरिएको हो । रिभव सेवाचार्यको आवाजमा रहेको गीतको संगीतको संयोजन बालकृष्ण सेवाचार्यले गरेका छन् भने रिभव सेवाचार्य, जरिना सेवाचार्य, सज्जा लामा र खुशी वैद्य, आकृती मानन्धर, पूजा श्रेष्ठ, उत्पल नकर्मी, सृष्टी राजवहाक, शोकृसा वैद्य र सोयसा वैद्य को उत्कृष्ट अभिनय रहेको छ ।

यसैगरी, भिडियोमा प्रभु श्रेष्ठको विशेष उपस्थिति रहेको छ । सुरज बादे र यशु राजवाहक अतिथी कलाकारको रुपमा प्रस्तुत भएका छन् । भिडियोमा नयाँ कलाकार भएपनि अभिनय उत्कृष्ट रहेको छ ।

सार्वजनिक गितको भिडियो र नेवारी तथा पाश्चत्य सङ्गीतको राम्रो समिश्रणले गीतले राम्रो प्रतिक्रिया कमाईरहेको छ । गीत Flutter Music Nepal च्यानलबाट सार्वजनिक भएको हो ।

बाल गायक सेवाचार्यले यस अघि पनि थुप्रै संगित बजारमा ल्याएका छन् । उनी हाल इनोभेटिभ बनेपामा कक्षा ४ मा अध्ययनरत छन् ।

910
Shares

ट्रेन्डिङ