सबैको समाचार
मङ्लबार, माघ २९, २०८१
  • होमपेज
  • दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात सुरु

दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात सुरु

600
Shares
दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात सुरु

काठमाडौं । नेपालले दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ ।

वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४ सय मेगावाट हाराहारी बिजुली भारत निर्यात भइरहेको जानकारी दिए ।

उनका अनुसार पिक समयमा नेपालभित्रको खपत पनि २ हजार मेगावाट पुगेको छ ।

600
Shares

ट्रेन्डिङ