काभ्रे : काभ्रेमा आज होली पर्वमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई रोक्नको लागि आज बिहानैबाट जिल्लाभित्र प्रहरीले सवारी चेकिङलाई कडाई गरेको छ । काभ्रे प्रहरीले आज एकै दिन ४५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
जसमध्ये कागजपत्र साथमा नभएको अवस्थामा ३० वटा, तीन जना यात्रु चढेको १० वटा र हेल्मेट नलगाई मोटरसाइकल चलाएका ५ वटा गरी ४५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपाले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार कारबाहीमा परेका सवारी साधनबाट ५५ हजार रुपैँया राजस्व संकलन भएको छ । कारबाही पछि नियन्त्रणमा लिएका सवारी साधनहरुलाई सम्झाई बुझाई छाडिएको प्र’हरीले जनाएको छ ।