सबैको समाचार
बिहिबार, असार १९, २०८२
  • होमपेज
  • उपमेयर सुनिता डंगालदेखि कलाकार मनोज गजुरेलसम्मलाई गुर्जो चियाको सेवा

उपमेयर सुनिता डंगालदेखि कलाकार मनोज गजुरेलसम्मलाई गुर्जो चियाको सेवा

515
Shares
उपमेयर सुनिता डंगालदेखि कलाकार मनोज गजुरेलसम्मलाई गुर्जो चियाको सेवा

काठमाडौं, ३ मंसिर । गुर्जो महाअभियन्ता कमलबहादुर राजलवटले कलाकारदेखि राजनीतिज्ञसम्मलाई गुर्जो चियाको सेवा गरेका छन् । मानव सेवा आश्रमको मेची–महाकाली उद्वार यात्रा–२०८१ को समापन समारोहको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागीहरूलाई आफूले गुर्जो चिया सेवा गरेको राजलवटले जानकारी दिए ।

उनकाअनुसार स्वस्थवद्र्धक उक्त चियामा ८० भन्दा बढी जडीबुटी समावेश गरिएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि वाग्मति प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा थिए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी फष्ट लेडी राधिका शाक्य, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, काठमाडौं महानगरकी उपमेयर सुनिता डङ्गोल, नायक सरोज खनाल, गुरु रिम्पोछे, हाँस्यकलाकार मनोज गजुरेल, निर्देशक तथा निर्माता तुलसी घिमिरेलगायत सबैले उक्त चिया सेवन गरेको जनाईएको छ ।

राजलवटकाअनुार गुर्जो चिया जोर्नी समस्या, ग्याँष्ट्रिक, माईग्र्रेन, एन्जाईटी, उच्च रक्तचाप, सुगर आदिमा अति उपयोगी रहेको छ ।

515
Shares

ट्रेन्डिङ