सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाण्डौ आइपुगे साउदीबाट २४७ नेपाली

काठमाण्डौ आइपुगे साउदीबाट २४७ नेपाली

8415
Shares
काठमाण्डौ आइपुगे साउदीबाट २४७ नेपाली

असार ७, काठमाण्डौ : साउदीको रियादबाट २४७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । नेपाल एअरलाइन्सको उडान नं आरए २१९२ बाट एक नाबालकसहित २४७ जना नेपालीहरु बिहान स्वदेश आइपुगेका हुन् । साउदीमा रहेको नपाली दूतावासका अनुसार यो उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुषहरु फर्किएका छन् ।

समस्यामा परेका नेपालीको बिदाई गर्न राजदूत महेन्द्रप्रसाद सिंह राजपुत आफैं विमानस्थल पुग्नुभएको थियो । यस्तै आज यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदैछन् । यस्तै आज कतारको दोहाबाट पनि त्यहाँ समस्यामा परेका नेपाली फर्कंदैछन् भने मलेसियाबाट पनि नेपाली फर्कनेछन् ।

8415
Shares

ट्रेन्डिङ