सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यी हुन् प्रेममा असफल अविवाहित ८ नेपाली नायिका

यी हुन् प्रेममा असफल अविवाहित ८ नेपाली नायिका

8575
Shares
यी हुन्  प्रेममा असफल अविवाहित ८ नेपाली नायिका

पहिलो प्रेमलाई सबैले स्मणीय प्रेम भन्ने गरेका छन् । प्रेमको फिलिङ पहिलो पटक अनुभूत गरिने भएकाले पनि फष्ट लभलाई कहिल्यै भुल्न नसकिने प्रेमका रुपमा पनि चर्चा गरिन्छ । एकथरिले फष्ट लभ असफल हुन्छ भन्ने मत राख्छन् । तर, यसलाई सत्य यही नै हो भनेर मान्न सकिने अवस्था पनि देखिदैंन् । किनभने, कयौं मानिसको पहिलो प्रेम सुखद् रहेको पाइन्छ । हलिउड, बलिउडमाजस्तै नेपाली फिल्म जगतमा पनि कयौं हिरोइनहरु पहिलो प्रेम र त्यसपछिका प्रेममा पनि असफल भएका छन् ।
यसरी पहिलो प्रेममा असफल हुने अविवाहिता ८ नेपाली नायिकाः

१) निता ढुंगाना
पछिल्लो समयमा चकलेटी नायिका निता ढुंगाना र आमेष भण्डारीको जोडीलाई सर्वाधिक आकर्षण र मिलेको जोडीको रुपमा लिइन्थ्यो । यो जोडीको प्रेम प्रसंगका विषयमा निकै ठूलो चर्चा भयो । तर, आमेष र निताको चार वर्ष लामो प्रेम सम्बन्ध दुई महिनाअघि फाटो आएको छ । आफूहरु चाडै विवाह बन्धनमा बाधिने सार्वजनिक घोषणा गरेको यो जोडीको सम्बन्ध विवाहमा परिणत हुन सकेन ।
अहिले दुवै एकअर्कालाई भुल्ने प्रयास गरिरहेका छन् । नीता र आमेषको जोडीबीच आपसी असमझदारी र शंका कारण फाटो आएको बताइएको छ । खासगरी, उनीहरु दुवैले अभिनय गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’देखि उनीहरुको विवाद उत्कर्षमा पुगेको थियो । त्यही विवादका बढ्दैं गएपछि उनीहरु एकअर्कासँग छुट्टिएका छन् ।

२) निशा अधिकारी
नायिका निशा अधिकारी र क्रिकेटर शदर भेषावकरको प्रेम जीवनका बारेमा पनि मिडियामा राम्रै चर्चा भयो । परिस्थिती नै त्यस्तो थियो जतिबेला निशाले आफ्नो प्रेमका बारेमा सार्वजनिक गरिन् शदर चर्चाको चुलीमा थिए । उनी नेपाली क्रिकेटका खम्बा ब्याटसम्यानका रुपमा विश्वमाझ चर्चामा थिए । ठीक त्यही बेला एउटा नाम चलेकी हिरोइनले फेसबुकमा स्टाटस नै लेखेर प्रेम सम्बन्ध सार्वजनिक गरेपछि चर्चा नहुने कुरै भएन । त्यसपछि यो जोडीको रोमान्स केही समय चल्यो ।
तर, उनीहरुको सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन् । जसका कारण गत वर्ष निशा अमेरिका उड्दाताका उनीहरुको ब्रेकअपको समाचार बाहिर आएको हो । भलैं, यसलाई निशा र शरद दुवैले औपचारिक पुष्टि गरेका छैनन् । स्रोतकाअनुसार उनीहरुबीचको सम्बन्ध त्यतिबेलादेखि नै ब्रेकअपको संघारमा पुगेको थियो । पछिल्ला उनीहरुका क्रियाकलाप पनि यहीतर्फ संकेत गर्छन् । भलै, केही हप्ताअघि मात्र सिनेमा हेर्न सँगै गएपछि यो जोडीको प्याचअपको चर्चा पनि चलेको छ । तर, यस विषयमा उनीहरु दुवैले मुख खोलेका छैनन् । त्यसैले निशा र शरदको प्रेम सम्बन्ध पनि टुटिसकेको पुगेको बताइन्छ । उसो त शरदभन्दा पहिले पनि निशा प्रेमको रहेको बताइदैं आएको छ ।

३) मलिना जोशी
>सन् २०११ की नेपाल सुन्दरी मलिना जोशीको पनि प्रेम सम्बन्ध पनि टुटेको खबर सार्वजनिक भएको छ ।‘ऋतु’, ‘द वीनर’जस्ता फिल्ममा नायिका समेत रहेकी मलिना र मोडल तथा नायक अनुपविक्रम शाहीबीच मलिना मिस नेपाल भएकै केही समयमै प्रेम सम्बन्ध जोडिएको बताइन्छ । तर, उनीहरुको प्रेम सम्बन्ध गत वर्षको अन्त्यतिर टुटेको बताइन्छ । अरु नायिका तथा मोडलहरुको जस्तो चर्चामा नआएको यो जोडीको ब्रेकअपका विषयमा गत वैशाखमा एक कार्यक्रममा राखिएको जिज्ञाशामा मलिनाले आफूहरुबीच प्रेम नै नरहेको बताएकी थिइन । अनुपविक्रमले भने आफ्ना निकटकाहरुसँग मलिनासँग ब्रेकअप भएको बताउँदैं आएका थिए ।
उनीहरुसँगै हिड्ने र सँगै घुम्ने गरेका तस्विरहरु पनि सामाजिक सञ्जालमा नछाएका होइनन् । अनुपविक्रम र मलिनाका आकर्षक सेल्फीहरु पनि मिडियामा देखिएका थिए । रमाइलो त के भने मिडियामा उनीहरुबीच प्रेम रहेको विषयमा आएका समाचारहरु न मलिनाले खण्डन गरिन न त अनुपले नै । अहिले उनीहरु दुवै अलग—अलग रहेर आफ्नो करिअर निर्माणमा केन्द्रीत रहेको बताइन्छ ।

४) नम्रता श्रेष्ठ
चकलेटी नायिका रुपमा नम्रता श्रेष्ठको चर्चा हुन्छ । नम्रता पनि प्रेममा असफल हुने नेपाली हिरोइनमा पर्छिन् । उनको पहिलो प्रेम रेमनदास श्रेष्ठसँग रहेको कुरा सार्वजनिक भएको थियो । त्यो प्रेम सफल हुन सकेन ।डिजे तान्त्रिककाण्डले उनको पहिलो प्रेम टुंगिएको बताइन्छ । काठमाडौंकी रैथाने नम्रता शालिन र भद्र नायिकाका रुपमा पनि चिन्छिन् ।
उनलाई कतिपयले त इन्टेलेक्चुअल र सम्पन्न नायिकाका रुपमा पनि चिन्दैं आएका छन् । अभिनयमा समेत प्रखर मानिने यी नायिकाको प्रेम सम्बन्ध डिजे तान्त्रिकसँगको स्क्यान्डलपछि धनाढ्य म्यानपावर ब्यवसायी प्रेम घलेसँग जोडियो । प्रेम घलेसँगको प्रेम सम्बन्ध टुंगिएको चर्चा जतिबेला आयो ठीक त्यहिबेला उनी स्टीभव दावा शेर्पाको प्रेमको परेको खबर सार्वजनिक भयो । पछिल्लो समय नम्रतामाथि धनाढ्य प्रेमी बनाउने नायिकाको आरोप समेत लाग्ने गरेको छ । अहिले नम्रता र दावा स्टीभन शेर्पा रोमान्स गरिरहेका छन् । यो जोडी अहिले गोप्य डेटिङका लागि न्युजिल्याण्ड पुगेको छ ।

५) सुष्मा कार्की
नायिका सुष्मा कार्की पनि प्रेममा असफल हुने अर्की नायिका हुन् । बर्दिया स्थायी घर भएकी यी नायिका एक समय निरन शाहीसँग गहिरो प्रेममा थिइन । सार्वजनिक रुपमा पनि निरन र सुष्माको जोडीको निकै चर्चा हुने गरेको थियो । कतिसम्म भने निरनको प्रेममा पागल प्रेमी बनेकी सुष्माले आफ्नो शरीरमा निरनको नामको ट्याटु समेत बनाएकी थिइन ।
तर, तीन वर्ष प्रेम सम्बन्धमा रहेको यो जोडी आपसमा विवाद बढेपछि २०७१ साउनमा एकअर्काबाट अलगिएको हो । सुष्माका प्रेमी निरन उनलाई सार्वजनिक स्थानमै कुटपीट समेत गर्थे । सुटिङ होस वा रेष्टुरेष्टमा उनीहरुबीच कुटपीट भएका खबरहरु खुबै आए । निरन्तर आफूलाई सार्वजनिक स्थानमै कुटपीट गर्न थालेपछि सुष्माले निरनबाट ब्रेकअप लिएकी हुन् । त्यसअघि उनको नाम निर्देशक सुदर्शन थापासँग जोडिएर चर्चामा नआएको होइन ।

६) नम्रता सापकोटा
नायिका नम्रता सापकोटा पनि प्रेममा विछोडको पीडा झेल्ने नायिका पर्छिन । एक समय उनको सागर श्रेष्ठसँग गहिरो प्रेम थियो । यो जोडीको २ वर्षसम्म प्रेम सम्बन्ध २०७१ सालको भदौतिर ब्रेकपअमा टुंगिएको थियो । आपसमा विचार नमिलेपछि र विवाद बढ्दै गएपछि नम्रता र सागर अलग भएका हुन् । कतिसम्म भने नम्रताले प्रेमीसँगका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू सागरको प्रेममा पग्लिएको बताउँदैं आएकी थिइन । ‘अन्तराल’बाट डेब्यु गरेकी नम्रतालवे झण्डै २ सय म्युजिक भिडियोमा अभिनय गरेको बताउँदैं आएकी छिन् । नम्रताको ‘ब्रास्लेट’ फिल्म प्रदर्शनको तयारीमा छ ।

७) जेनिशा केसी
कुनै समय विराज भट्टसँग नाम जोडिएर चर्चामा आएकी नायिका जेनिशा केसीको पनि ब्रेकअप भएको छ । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी यी नायिकाले हालैमात्र आफ्नो ब्रेकअप भएको बताएकी छिन् । एक अनलाइनसँगको कुराकानीमा उनले आफ्नो ब्रेकअप भएको कुरा स्वीकार गर्दै विगतका पललाई नकोट्याउन आग्रह गरिन् । ‘भो विगतका पलहरुलाई नकोट्याउ,’ उनले भनिन् । जेनिशाका खुल्न नसकेका प्रेमीसँग विवाहको तयारी पनि अगाडि बढेको बताइन्छ । तर, २ वर्ष लामो उनीहरुबीचको प्रेम केही महिनाअघि मात्र ब्रेकअप भएको हो ।

८) ऋचा शर्मा
नायिका ऋचा शर्मा पनि पहिलो प्रेम सम्बन्धमा असफल हुने नायिका हुन् । उनको नायक तथा निर्माता विनय श्रेष्ठसँग अफेयर्स रहेको थियो । कुनै समय गहिरो प्रेममा रहेको यो जोडीको २०६९ मा ब्रेकअप भएको हो । भिसा गर्ल निर्माणका क्रममा उनीहरूबीच विवाद चुलिएको बताइन्छ । त्यही विवाद नै यो जोडीको ब्रेकअपको कारण मानिएको छ । त्यसपछि ऋचा सिंगल छिन् भने विनयले एनी थापासँग यही वर्ष लगनगाँठो कसिसकेका छन् ।
ऋचा शर्मा पछिल्लो समयकी फरक धारका सिनेमामा अभिनय गर्ने हिरोइनका रुपमा चिनिन्छन् । अभिनयका कारण प्रशस्त चर्चा बटुल्न सफल हिरोइनका रुपमा चिनिएकी ऋचाको प्रेम जीवन भने सुखद बन्न सकेन् । भलै, ऋचाले आफूहरु सहमतिमै छुटिएको र खुशी रहेको बताउँदैं आएकी छिन् ।
-नेपाली हेडलाइन

8575
Shares

ट्रेन्डिङ