सबैको समाचार
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • चलचित्र ‘सतीदेवी’को गीत ‘माया बसेको रै’छ’ सार्वजनिक

चलचित्र ‘सतीदेवी’को गीत ‘माया बसेको रै’छ’ सार्वजनिक

280
Shares
चलचित्र ‘सतीदेवी’को गीत ‘माया बसेको रै’छ’ सार्वजनिक

काठमाडौं। आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’को गीत ‘माया बसेको रै’छ’ सार्वजनिक भएको छ।

मुख्य अभिनेत्री मलिका महत र नव अभिनेता सन्दीप बाबु लोहानीबिचको प्रेमलाई चित्रण गरिएको गित बिहिबार सार्वजनिक गरिएको हो ।

गीतमा लक्ष्मण सुवेदीको शब्द रचना, दीपक शर्माको सङ्गीत, र प्रताप दास र दीपा लामाको गायन रहेको छ। चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण सुवेदी हुन्। चलचित्रमा मलिका र सन्दीपसँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, र सुजिता सिवाकोटीको पनि अभिनय रहेको छ।

चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक भएपछि मलिका महतको कालोमोसो र जुत्ताको माला लगाएको तस्बिरले दर्शकहरूको ध्यान खिचेको थियो।

 ‘सतीदेवी’ भदौ ७ गते रिलिज हुँदै छ ।  फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोकप्रसाद र श्रीदेवी सुवेदीको लगानी छ।

280
Shares

ट्रेन्डिङ