सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा बसबाट खसी एक यात्रुको मृत्यु

काभ्रेमा बसबाट खसी एक यात्रुको मृत्यु

6465
Shares
काभ्रेमा बसबाट खसी एक यात्रुको मृत्यु

धुलिखेल २१, मंसिर: वीपी राजमार्गमा गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खसेका यात्रुको मृत्यु भएको हो ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ तिरतिर धारा भन्ने ठाउँमा शनिबार विहान बसको ढोकाबाट खसेका झापा तोपगाछीका ४२ बर्षीय खड्ग नारायण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक दिपक गिरीले जानकारी दिए ।

घाइते श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाएपनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेको थिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

6465
Shares

ट्रेन्डिङ