सबैको समाचार
बुधबार, अशोज ७, २०८३
  • होमपेज
  • काभ्रेभञ्ज्याङमा ४७ लाखका बिल बिजक नभएका चाँदीका सामान र गहना बरामद

काभ्रेभञ्ज्याङमा ४७ लाखका बिल बिजक नभएका चाँदीका सामान र गहना बरामद

140
Shares
काभ्रेभञ्ज्याङमा ४७ लाखका बिल बिजक नभएका चाँदीका सामान र गहना बरामद

काभ्रे :- बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा बिल बिजक नभएका करिब रु ४७ लाख मूल्य बराबरका चाँदीका सामान बरामद गरिएको छ।

काभ्रेभञ्ज्याङ स्थित अस्थायी प्रहरी पोस्टले नियमित चेकजाँचका क्रममा मोरङको लेटाङ नगरपालिका–६ का ३६ वर्षीय पदमबहादुर विकले चलाएको को १ च ८६६२ नम्बरको सुमो गाडी जाँच गर्ने क्रममा चाँदीका सामान बरामद गरेको हो।

अस्थाई पोस्ट काभ्रेभञ्ज्याङ ईन्चार्ज रामेश्वर पाण्डेका अनुसार सुमोमा मोरङको उर्लाबारी नगरपालिका–६ का ४४ वर्षीय खगेन्द्र गजमेरले ल्याएको कार्टुन शंकास्पद लागी जाँच गर्दा बिल बिजक नभएका विभिन्न प्रकारका चाँदीका गरगहना र सामान फेला परेको हो।

बरामद सामानमा विभिन्न प्रकारका ब्रासलेट, पोते माला, जन्तर, औँठी, पाउजु, झुम्का, टप, रिङ, चुरा, शिरबन्दी, बुलाकी, ढुङ्गीलगायतका सामान रहेका छन्। बरामद सामानको कुल तौल ११ किलो ६८२ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो।

उहाँका अनुसार सामानको बिल तथा आवश्यक कागजात देखाउन नसकेपछि सुमो गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ।

बरामद चाँदीका सामानको अन्दाजी मूल्य रु ४७ लाख रहेको प्रहरीले जनाएको छ।

140
Shares

ट्रेन्डिङ