सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • पनौतीमा हराएकी महिला मृत फेला, नख्खु कारागारबाट भागेका श्रीमानले नै हत्या गरेको खुलासा

पनौतीमा हराएकी महिला मृत फेला, नख्खु कारागारबाट भागेका श्रीमानले नै हत्या गरेको खुलासा

425
Shares
पनौतीमा हराएकी महिला मृत फेला, नख्खु कारागारबाट भागेका श्रीमानले नै हत्या गरेको खुलासा

काभ्रे :- पनौती नगरपालिका–१२ कलाँतीकी ३१ वर्षीया जमुना तीन दिनदेखि हराइरहेकी अवस्थामा मृत फेला परेकी छिन्।

शुक्रबार बिहान परिवारले खोजतलास गर्ने क्रममा उनको घर पछाडि रहेको करेसामा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ।

जबर्जस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय भोगिरहेका ३६ वर्षीय सन्त बहादुर तामाङ करिब एक महिना कैद अवधि बाँकी रहँदा नख्खु कारागारबाट भागेर घर आएका थिए। उनी घर आएपछि दम्पतीबीच झगडा भएको र सोही क्रममा श्रीमतीको हत्या गरी करेसामा पुरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

मृतक जमुनाका एक छोरा र एक छोरी रहेका छन्। घटनापछि श्रीमान फरार भएका छन् भने अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान जारी राखेको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

425
Shares

ट्रेन्डिङ