काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार ११ सयले घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै , अघिल्लो दिन प्रतितोला १८३५ रुपैयाँ रहेको चाँदी आज १८३० मा झरेको छ ।