सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • “अस्पताल परिसरमै कुटपिट, श्रीमतीको मृत्युमा श्रीमानमाथि माइती पक्ष आक्रोशित”

“अस्पताल परिसरमै कुटपिट, श्रीमतीको मृत्युमा श्रीमानमाथि माइती पक्ष आक्रोशित”

675
Shares
“अस्पताल परिसरमै कुटपिट, श्रीमतीको मृत्युमा श्रीमानमाथि माइती पक्ष आक्रोशित”

काभ्रे :- श्रीमतीलाई मारेको भन्दै माईती पक्षले अस्पताल परिसरमा नै श्रीमानलाई कुटपिट गरेका छन्। बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा पाँचखाल नगरपालिका वडा नम्वर १ अनेकोट निवासी ३० वर्षीया असली तामाङको निधन भएको हो। असलीको ११ महिनाको बच्चा छ । भने असली र विजयको बिबाहा भएको दुई बर्ष मात्र भएको माईती पक्षको भनाई छ ।
असलीलाई भदौ १० गते अस्पताल ल्याइएको थियो। विष सेवन गरेको फेला पारेपछि छिमेकीले उनलाई अस्पताल पुर्याएको माईती पक्षले बताएको छ। घर परिवार र उनका श्रीमान विजय भ्लोनको चरम लापरबाही, वेवास्ता र यातनाका कारण उनको निधन भएको माईती पक्षको आरोप छ। केही महिना अघि मात्रै विजय भ्लोनले श्रीमती असलीलाई कुटपिट गरी शरीरभरि निलडाम बनाएको माईतीको आरोप छ । माईती पक्षले घरमै पुगेर सम्झाइ बुझाइ गरेर फर्काएको एक महिना नबित्दै घटना भएको उनीहरूले बताएका छन्।


अस्पताल ल्याएको दुई दिनसम्म पनि माईती पक्षलाई घर परिवारले सूचना नदिएका कारण उनीहरूकै मिलेमत्तोमा विष खुवाइएका हुन सक्ने भन्दै अस्पताल परिसरमा श्रीमान विजयलाई कुटपिट गरेका हुन्। उनीहरूको कुटपिटबाट विजय भ्लोन सामान्य घाइते भएका छन्। प्रहरीले दुबै समूहलाई नियन्त्रणमा लिएर घटनालाई सामान्य बनाएको थियो। मृतक असलीको पोस्टमार्टम भएको छैन र प्रहरी समेत अझै कुनै जाहेरी नभएको ईलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ ।

675
Shares

ट्रेन्डिङ