सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • काभ्रेबाट फरार कैदीबन्दी ३७ जना पक्राउ

काभ्रेबाट फरार कैदीबन्दी ३७ जना पक्राउ

440
Shares
काभ्रेबाट फरार कैदीबन्दी ३७ जना पक्राउ

काभ्रे :- भदौ २३ गतेदेखि देशभर भएका आन्दोलनका कारण विभिन्न कारागारबाट भागी फरार रहेका ३७ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिई पुनः सम्बन्धित कारागारमा पठाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता मीन ब. घलेका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै कर्तव्य ज्यान मुद्दाका १२ जना रहेका छन् । त्यस्तै जबरजस्ती करणीका ९, लागुऔषध मुद्दाका ४, चोरीका ४, अपहरण तथा शरीर बन्धकका २, सवारी ज्यान मुद्दाका २, Over stay १, ठगीका २ र मानव बेचविखन मुद्दाका १ जना रहेका छन् ।

उनीहरुलाई पुनः पठाइएको कारागारमा केन्द्रीय कारागारमा १८, डिल्लीबजारमा १४, नख्खुमा ३ र सिन्धुली कारागारमा २ जना रहेका छन् ।

440
Shares

ट्रेन्डिङ