सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • हातहतियारको ३७० राउन्ड गोली सहित ७ जना पक्राउ

हातहतियारको ३७० राउन्ड गोली सहित ७ जना पक्राउ

410
Shares
हातहतियारको ३७० राउन्ड गोली सहित ७ जना पक्राउ

काभ्रे :- २०८२ भाद्र २८ र २९ गते काभ्रे प्रहरीको टोलिले खोजतलास गर्ने क्रममा सात जना व्यक्तिहरुको साथबाट ३७० राउन्ड गोली बरामद गरेको छ ।

काभ्रे प्रहरी प्रवक्ता मीन ब घले का अनुसार बरामद गरिएको गोली मिति २०८२ भाद्र २४ गते इलाका प्रहरी कार्यालय बनेपामा भएको आगजनीपछि लिइएको भन्ने प्रारम्भिक बुझाइ आएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान जारी छ र संलग्न व्यक्तिहरुको पहिचान समेत पुष्टि भैरहेको छ ।

पक्राउ पर्नेमा काभ्रे, बनेपा नगरपालिका–९ का अछुत खड्का, सिजन सुवाल, सुवास गौतम, बारा, बनौली सखुवा–८ का महेश मुखिया, मकवानपुर, बकैया गाउँपालिका–६ का सुशान्त लो, काभ्रे, तेमाल गाउँपालिका–२ का तिमोथी तामाङ र रामेछाप, उमाकुण्ड गाउँपालिका–४ का प्रविन कार्की रहेका छन् ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ भने बरामद गोलीको प्रयोग र आगजनीमा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा पक्राउको प्रयास पनि जारी रहेको बताईएको छ ।

410
Shares

ट्रेन्डिङ