सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बार्सिलोनामा पुनः फर्कने नेयमारको संकेत

बार्सिलोनामा पुनः फर्कने नेयमारको संकेत

5185
Shares
बार्सिलोनामा पुनः फर्कने नेयमारको संकेत

यही सिजन बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेयमारले फेरी बार्सिलोना फर्कने संकेत देखाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यका अनुसार उनले मेसी र स्वारेजसँग आफूलाई बार्सिलोनामा पुनः स्वागत गर्छौ ? भनी सोधेको समाचार उल्लेख गरेका छन् ।

केही समयअघि उनी स्पेन गएका बेला मेसी र स्वारेजसँग भेट गरेका थिए । उक्त भेटका बेला नेयमारले प्रश्न गरेको बताइएको छ । आफ्नो छोरा डेविड लुक्कासँगै नेयमार स्युतात एस्पोर्टिभा पुगेका थिए । नेयमारले आफ्ना पुराना साथी मेसी र स्वारेजसँग मुस्कानका साथ ‘मलाई फिर्ता लिन्छौ ?’ भने प्रश्न गरेको सञ्चार माध्यहरुले दाबी गरेका छन् ।

नेयमार दुई सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी गएका थिए । तर, उनी आर्थिक रुपले बार्सिलोना फर्किने सम्भावना कम भएपनि नेयमार पछिल्लो समय पिएसजीमा खुसी नभएको समाचारहरु बाहिरिन थालेका छन् । पिएसजीका अनुभवी खेलाडी काभानीसँगको मनमुटाव भइरहको समयमा प्रशिक्षक उनाइ एमिरीसँग पनि कुरा नमिलेको बताइएको छ ।

-कार्पोरेट नेपाल बाट

5185
Shares

ट्रेन्डिङ