सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा पहिलोपटक बक्सिङ क्लब सञ्चालनमा

काभ्रेमा पहिलोपटक बक्सिङ क्लब सञ्चालनमा

635
Shares
काभ्रेमा पहिलोपटक बक्सिङ क्लब सञ्चालनमा

काभ्रेपलाञ्चोक । काभ्रे स्थित बनेपामा पहिलोपटक बक्सिङ क्लब सञ्चालनमा आएको छ ।

अन्तर्राष्ट्रिय स्तरका बक्सिङ खेलाडी तथा एएसबिसि अण्डर-२२ मा कांस्य पदक विजेता विजय वाटाले बक्सिङ क्लब सञ्चालनमा ल्याएका हुन् । क्लबकाे बिहीबार उद्घाटन गरिएकाे छ ।

उनले बनेपा नगरपालिका वडा नम्बर- ७ स्थित संगम मार्गमा आयरन फिस्ट बक्सिङ क्लब सञ्चालनमा ल्याएका हुन् । क्लबका संरक्षक हरी बाटाले बक्सिङ खेलप्रति चासो राख्ने युवाहरूलाई लक्षित गर्दै क्लब सञ्चालनमा ल्याइएको बताए ।

खेलाडीको क्षमता उजागर, खेलप्रति आकर्षण बढाउनुका साथै प्रतिस्पर्धी खेलाडी उत्पादनमा क्लबले सहयोग गर्ने उनले बताए।

नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेले क्लबको उद्घाटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे ।

जिल्लामा रहेका बक्सिङ खेलाडी उजागरका साथै प्रतिस्पर्धा मात्रै नभई स्वस्थ जीवनशैलीका लागि समेत खेल जरुरी रहेको उनले बताए ।

635
Shares

ट्रेन्डिङ