सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ढुङ्गेलको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

ढुङ्गेलको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

3145
Shares
ढुङ्गेलको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

नेपाली काँग्रेस रामेछापका महासमिति सदस्य, पूर्वसभापति एवम् पूर्व कृषि सहायक मन्त्री रामहरि ढुङ्गलेको निधनप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । “नेपालमा लोकतन्त्र स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएका ढुङ्गेलको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको अवस्थामा उहाँको निधनले काँग्रेसलाई अपूरणीय क्षति पुगेको छ,” पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सभापति देउवाले ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
नेता ढुङ्गेलको आज डिल्लीबजारस्थित उहाँकै डेरामा सुतिरहेको अवस्थामा निधन भएको हो । विसं २०१३ सालमा रामेछापको तत्कालिन पकरवास गाविसमा जन्मिनु भएका ढुङ्गेलले पञ्चायती व्यवस्था विरुद्ध नेपाली काँग्रेसले सञ्चालन गरेको सङ्घर्ष तथा मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
लोकतन्त्रको पक्षमा क्रियाशील रहँदा उहाँले कयौँं पटक जेलजीवन समेत व्यतित गर्नु भएको थियो । विसं २०५६ मा भएको निर्वाचनमा उहाँ नेपाली काँग्रेसको तर्फबाट रामेछाप क्षेत्र नं २ बाट सांसद पदमा निर्वाचित हुनु भएको थियो । रासस

3145
Shares

ट्रेन्डिङ