सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पत्रकार बजगाईको जन्मदिन वृद्धाश्रममा

पत्रकार बजगाईको जन्मदिन वृद्धाश्रममा

5875
Shares
पत्रकार बजगाईको जन्मदिन वृद्धाश्रममा

काभ्रे : बिगत १८ बर्षदेखि पत्रकारीतामा कृयाशिल काभ्रेली पत्रकार नवराज बजगाईले बिगतमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिन बनेपामा रहेको बौद्ध बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गरेर मनाएका छन ।

बिहिबार बिहान बृद्धाश्रममा पुगेर त्यहाँ रहेका बृद्धबृद्धालाई उनिहरुकै फोटो भएको फ्रेमसहितको मायाको चिनो र खादाले सम्मान गरी खाद्यान्न सामाग्री सहित प्रदान गरेका हुन । अग्रजको सम्मान र मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बजगाईले बताउनु भयो ।

 

आफुलाई जन्मदिने बुबा आमा नभएपनि बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उहाँले बताउनु भयो । बृद्धाश्रममा रहेका बृद्धआमाहरुलाई दुध खुवाएर कार्यक्रमको शुरुवात गरिएको थियो । नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रधान–सम्पादक बजगाई प्रेस संगठन नेपालका केन्द्रिय सदस्य र पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

5875
Shares

ट्रेन्डिङ