सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नाइट क्लबमा काम गर्ने युवतीमाथि होटलमा लगेर सामुहिक बलात्कार!

नाइट क्लबमा काम गर्ने युवतीमाथि होटलमा लगेर सामुहिक बलात्कार!

1250
Shares
नाइट क्लबमा काम गर्ने युवतीमाथि होटलमा लगेर सामुहिक बलात्कार!

काठमाडौँ | नाइट क्लबमा काम गर्ने एक युवतीमाथि दुई जनाले बलात्कार गरेको आरोप लागेको छ। बलात्कारका आरोपी सोही क्लबका स्टाफ बाेक्ने ट्याक्सी चालक र उनका चिनजानका व्यक्ति रहेको जनाइएको छ।

प्रहरीले बलात्कारको आरोप लागेका ट्याक्सी चालक पदम तामाङलाई पक्राउ गरेको छ भने अर्का एकजना फरार रहेका छन्। पीडित युवतीले आफूलाई होटलमा लगेर बलात्कार गरिएको भनेर प्रहरीमा जाहेरी दिएकी छिन्।

दरबारमार्गस्थित एक क्लबमा काम गर्ने ती युवतीलाई गएको माघ २० गते काठमाडौँको गोठाटारस्थित एक होटलमा पुर्‍याएर बलात्कार गरेको बताइएको छ। घटना भने हालै सार्वजिनक भएको हो।

त्यसदिन ड्यूटी सकेर क्लबका ४ जना युवतीलाई घर छाड्न ट्याक्सी पठाइएको थियो। चालक तामाङले सबैलाई कोठामा छाडिदिएपछि नशामा लठ्ठिएकी एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोप छ। पीडित युवतीले बानेश्वर प्रहरीमा जाहेरी दिएकी छिन्।

उनी उठ्दा कपडा खोलिएको र होटलको कोठामा रहेको थाहा पाएपछि उनी प्रहरीमा पुगेकी बताइएको छ। पीडकले भने उनी आफैँ कोठामा जान नसक्ने देखिएपछि होटलमा लगिएको र सहमतिमा सम्बन्ध भएको बयान दिएको प्रहरी श्रोतको भनाइ छ।

आरोपीमाथि करणीविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

1250
Shares

ट्रेन्डिङ