काठमाडौं :- अमेरिकामा जारी टी २० विश्वकपमा आज नेपालले नेदरल्याण्डससँग पहिलो खेल खेल्दै छ ।
यता नेपालीहरु उत्साहित भइरहँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि क्रिकेटको रन्को लागेको छ । उनले नेपाली टीमकाे समर्थनमा आज दिनभर नेपाली क्रिकेटको जर्सी लगाएरै मन्त्रालयमा कार्यसम्पादन गरेका छन् ।
उनले विभिन्न भेटघाटदेखि नियमित कार्य जर्सीमै रहेर गरेका थिए । त्यस्तै, रास्वपाका सांसदहरुले पनि खेलाडीहरुको समर्थनमा संसद भवनबाहिर जर्सी लगाएर तस्बिर खिचाएका थिए ।
सामाजिक सञ्जालमा भने क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पुर्याउन उचित पहल नगरेको भन्दै आलोचना भइरहेको छ भने यस्ता कार्यले खेलाडीको मनोबल बढाउने भन्दै समर्थकले प्रशंसा गरिरहेका छन् ।