सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ओलीलाई प्रचण्डको प्रतिक्रिया: राउन्ड किक कस्तो हुन्छ जनताले देखाउँछन् !

ओलीलाई प्रचण्डको प्रतिक्रिया: राउन्ड किक कस्तो हुन्छ जनताले देखाउँछन् !

485
Shares
ओलीलाई प्रचण्डको प्रतिक्रिया: राउन्ड किक कस्तो हुन्छ जनताले देखाउँछन् !

काठमाडौं ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धबारे संविधानमा उल्लेख रहेको कुरा जोडदार ढंगले जनतामाझ पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । 

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई ‘राउन्ड किक हानेको’ भनी दिएको अभिव्यक्तिको खण्डण गरेका छन् । ओलीलाई जनताले राउन्ड किक देखाइदिने उनको भनाइ छ ।

जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले त मलाई राउन्ड किक हानेका रहेछन् । जनताको राउन्ड किक देख्नेछन् भन्ने म ठान्छु ‘।

485
Shares

ट्रेन्डिङ