सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेपालले इरानी नागरीकलाई अन अराइभल भिसा नदिने

नेपालले इरानी नागरीकलाई अन अराइभल भिसा नदिने

250
Shares
नेपालले इरानी नागरीकलाई अन अराइभल भिसा नदिने

नेपालले इरानी नागरीकलाई अन अराइभल भिसा नदिने भएको छ ।


नेपाल आउन चाहाने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा नदिने अध्यागमन विभागले जनाएको छ ।
इरानलाई अन अराइभल भिसामा रोक लगाएसँगै अब नेपालले अन अराइभल भिसामा रोक लगाएको सूची १३ पुगेको छ ।


नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई नेपालले यसअघि नै अन अराइभल भिसा दिँदैन ।

250
Shares

ट्रेन्डिङ