सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एमसिसि विरुद्ध काभ्रेमा विरोध, बाबुराम भट्टराईको पुत्ला जलाए

एमसिसि विरुद्ध काभ्रेमा विरोध, बाबुराम भट्टराईको पुत्ला जलाए

14585
Shares
एमसिसि विरुद्ध काभ्रेमा विरोध,  बाबुराम भट्टराईको पुत्ला जलाए

काभ्रेको बनेपामा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ । राजा समर्थकहरूले बनेपाको चार दोबाटोमा भट्टराईको पुत्ला दहन गरेका हुन् ।

उनीहरूले बाबुराम भट्टराई वि’रूद्ध चर्को नारा लगाएका थिए । उनीहरूको जुलुस र कोणसभालाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले हस्तक्षेप गरेको थियो ।

बाबुराम भट्टराई मुर्दाबाद, बाबुरामलाई फाँसी दे, एमसीसी खारेज गर, हिन्दू राष्ट्र जिन्दावाद जस्ता नारा लगाएर उनीहरूले कोणसभा गरेका थिए । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले कार्यान्वयन नगर्न उनीहरूले शेर बहादुर देउवा नेतृत्व सरकारलाई खबरदारी गरेका थिए ।

एमसीसी पास गरे जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने उनीहरूले चे’तावनी दिएका छन् । आफ्नो राष्ट्रको स्वार्थलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उनीहरुले सरकारलाई सुझाव दिएका थिए ।

 

14585
Shares

ट्रेन्डिङ