सबैको समाचार
बुधबार, अशोज ७, २०८३
  • होमपेज
  • कर्माचार्यद्वारा कांग्रेस क्षेत्र नं २ को सभापतिमा उम्मेदवारी घोषणा

कर्माचार्यद्वारा कांग्रेस क्षेत्र नं २ को सभापतिमा उम्मेदवारी घोषणा

30
Shares
कर्माचार्यद्वारा कांग्रेस क्षेत्र नं २ को सभापतिमा उम्मेदवारी घोषणा

असोज ७ , बनेपा : नेपाली कांग्रेसका नेता महेशकुमार कर्माचार्यले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत काभ्रे प्रतिनिधिसभा क्षेत्र नं २ को सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

कर्माचार्यले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै पार्टीको विभिन्न जिम्मेवारीमा रहेर विगत २५ वर्षदेखि पार्टी सदस्यको हितमा काम गर्दै आएको उल्लेख गर्नुभएको छ । यसपटक साथीहरूको अनुरोधमा क्षेत्र नं २ को सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उहाँले बताउनुभएको छ । पार्टीको जिम्मेवारीलाई सेवाका रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सोही भावनाका साथ काम गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ ।

“विगतमा झैँ पार्टीको जिम्मेवारीलाई सेवाको रूपमा काम गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,” उहाँले आफ्नो उम्मेदवारी घोषणामा उल्लेख गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते १३ पालिकाका १३५ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

30
Shares

ट्रेन्डिङ