सबैको समाचार
सोमवार, माघ ७, २०८१
  • होमपेज
  • भुटानले ४ अर्ब ५१ करोड ६९लाख २ हजार १५० रुपैयाँको बिटक्वाइन बेच्यो

भुटानले ४ अर्ब ५१ करोड ६९लाख २ हजार १५० रुपैयाँको बिटक्वाइन बेच्यो

475
Shares
भुटानले ४ अर्ब ५१ करोड ६९लाख २ हजार १५० रुपैयाँको बिटक्वाइन बेच्यो

जेन्सी । भुटान सरकारले प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्स मार्फत करिब ३ करोड ३५ लाख डलर (४ अर्ब ५१ करोड ६९लाख २ हजार १५० रुपैयाँ) बराबरको ३६७ बिटक्वाइन (बीटीसी) विक्री गरेको छ ।

कारोबारको विवरण राख्ने ब्लकचेन एनालिटिक्स फर्म अर्खाम इन्टेलिजेन्सका अनुसार बिहीबार बिटक्वाइनको दर ९० हजार डलरभन्दा बढी पुगेपछि भुटानले उक्त बिटक्वाइन विक्री सुरु गरेको हो । तर उसले विक्री गरेपछि बिटक्वाइनको मूल्य ८७ हजार डलरमा झरेको बताइएको छ ।

पछिल्लो केही साताको अवधिमा भुटानले दोस्रो पटक आफ्नो बिटक्वाइन उच्च दरमा विक्री गरेको हो । यसअघि बिटक्वाइनको मूल्य ७० हजारमा पुगेको बेला ६ करोड ६० लाख डलरमा विक्री गरेको थियो । यसरी दुई पटकमा भुटानले जम्मा १० करोड बराबरको बिटक्वाइन विक्री गरेको हो ।

475
Shares

ट्रेन्डिङ