सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • घर बनाउने क्रममा छतबाट खसेर मजदुरको मृत्यु

घर बनाउने क्रममा छतबाट खसेर मजदुरको मृत्यु

615
Shares
घर बनाउने क्रममा छतबाट खसेर मजदुरको मृत्यु

मोरङ । मोरङको उर्लाबारी –२ माझीचौकमा घर बनाउने कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ ।

माझीचौक स्थित जेनिल लिम्बूको घर बनाउने क्रममा उर्लाबारी–२ का ४८ वर्षीय शनिकुमार श्रेष्ठको छतबाट लडेर बुधवार दिउँसो मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते श्रेष्ठलाई तत्काल उर्लाबारी –३ को मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्‍याइएको थियो । गम्भीर घाइते श्रेष्ठको त्यहाँ उपचार हुन नसकेपछि न्युरो अस्पताल विराटनगर पठाइएको थियो । 

अस्पताल नपुग्दै श्रेष्ठको बाटो मै मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ ।

615
Shares

ट्रेन्डिङ