सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • काभ्रे प्रशासनले भन्यो ‘कोरोना भाईरसको नाममा पैसा उठाए कारबाही हुन्छ’

काभ्रे प्रशासनले भन्यो ‘कोरोना भाईरसको नाममा पैसा उठाए कारबाही हुन्छ’

9165
Shares
काभ्रे प्रशासनले भन्यो ‘कोरोना भाईरसको नाममा पैसा उठाए कारबाही हुन्छ’

काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेले कोरोना भाईरसको उपचार, रोकथाम तथा नियन्त्रणका लागि आफु खुशी रकम संकलन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले एक सूचना जारी गर्दै आफुखुसी पैसा नउठाउन आग्रह गर्नुभएको हो ।

कुनै पनि संस्था, समूह वा संगठनले कोरोना भाईरसको नाममा आफु खुशी पैसा उठाउन नपाईने भन्दै त्यस्ता कार्य कसैले गरेको पाईए कारबाही हुने बताइएको छ ।प्रशासन कार्यालयले ब्यक्तिगत रुपमा सहयोग गर्न चाहानेलाई  नेपाल सरकारले  सिंहदरबार स्थित राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गर्न पनि भनेको छ ।

 

9165
Shares

ट्रेन्डिङ