धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर युवकको मृत्यु भएको छ ।
दोधारा चाँदनी नगरपालिका-४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतकाअनुसार सोमबार दिउँसो नदीमा नहुाउने क्रममा बेपत्ता भएको ठगुन्ना मृत फेला परेका हुन् ।

स्थानीय र प्रहरीले संयुक्त खोजी गर्दा उनी डुबेकै स्थान नजिकै मृत भेटिएका हुन् ।
उनका शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।


