सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

7680
Shares
काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

 

 

काभ्रे : काभ्रेको पनौती नगरपालिका–६ नमोबुद्धरोडमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

 

 

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौतीको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

 

सहकारी संस्थाको भवनमा गरिएको शिविरमा १११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा १९७ जनाको रक्त परीक्षण, १२१ जनाको इसीजी र ९३ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।

 

 

दाँतमा समस्या भएर शिविरमा आएका २३ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ।

 

 

7680
Shares

ट्रेन्डिङ